राजधानी माग गर्दै धनकुटामा प्रदर्शन

धनकुटा — प्रादेशिक राजधानीको माग राख्दै स्थानीयासीले बिहीबार अपरान्ह धनकुटामा प्रदर्शन गरेका छन् ।

राजधानी माग गर्दै धनकुटामा प्रदर्शन

स्थानीय मदन चोकमा सयौंको सङ्ख्यामा भेला भएका स्थानीयवासीले प्रदेश नम्बर १ को राजधानी धनकुटालाई कायम गर्न माग गर्दै प्रदर्शन गरेका हुन् ।


अघिल्लो वर्ष माघ ३ गते अस्थायी मुकाम घोषणा गरेको दिनको आधारमा स्थानीयले ‘कालो दिन’ को रूपमा आन्दोलनको सुरुवात गरेको आन्दोलन परिचालन समितिको संयोजक सुन्दरबाबु श्रेष्ठले बताए । राणाकालदेखि हालसम्म प्रशासनिक थलोको रूपमा रहेको जिल्लामा प्रादेशिक मुकाम तोकिनुपर्ने स्थानीयको माग छ । ‘धनकुटा राजधानी बनाऔँ अभियान समिति’ को आयोजनामा प्रदर्शन गरिएको हो ।


आन्दोलनमा प्रदेश १ का सांसद समेत सहभागी भएका छन् । सांसद आरसी तुम्बाले धनकुटालाई राजधानी घोषणा हुनैपर्ने अडान राखे । उनले ऐतिहासिकताको आधार र पर्याप्त पूर्वाधारको कारण जिल्लालाई राजधानी घोषणा गर्नु पर्ने बताए ।

प्रकाशित : माघ ३, २०७५ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?