कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गोली लागेर एकको मृत्यु, एक पक्राउ

आनन्द गौतम

ताप्लेजुङ — सिकार खेल्न जाने क्रममा भरुवा बन्दुकले लागेर साथीको मृत्यु भएपछि फक्तालुङ गाउँपालिका ४ खुपातालका सुरेन्द्र तामाङ पक्राउ परेका छन् । बन्दुकसहित पक्राउ परेका उनलाई शुक्रबार जिल्ला अदालत ताप्लेजुङबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । घटनामा सँगै घर भएका देवीकुमार लिम्बुको मृत्यु भएको हो । उनको शव पोस्टमार्टमपछि परिवारलाई बुझाइएको छ ।

गोली लागेर एकको मृत्यु, एक पक्राउ

उनीहरु माघ १ गते फक्ताङलुङ गाउँपालिका ४ मानाभराको फेदीमा सिकार खेल्न गएका थिए । हिँडिरहेको अवस्थामा तामाङले बोकेको लोड गरेको बन्दुक पड्किँदा छर्राले लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सिप्चुवा चोक्टीको पाखा भीरमा तामाङले बोकेको भरुवा बन्दुक ढुंगा पहरामा ठोकिई पड्किएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।


जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी निरीक्षकको टोलीले सुरेन्द्रलाई पक्राउ गरी शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको थियो ।



प्रकाशित : माघ ४, २०७५ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?