३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बालगायक प्रितमलाई स्वागत

भारतीय रियालिटी शोका चर्चित गायक आचार्यलाई पूर्वी नाकामा स्वागत 

काँकडभिट्टा — भारतीय रियालिटी शो सारेगामापा लिटिल च्याम्प्सको मेघा अडिसनमा उत्कृष्ठ गायन दिएका बालगायक प्रितम आचार्यलाई आइतबार पूर्वी नाकामा स्वागत गरिएको छ ।

मेघा अडिसनमा छानिएपछि उनको बायोग्राफीका लागि प्रितम आएका हुन् ।


आयोजक टिम जीटीभीको टिम समेत उनीसँगै आएको छ । प्रितमलाई स्थानीयवासीले स्वागत गरे । काँकडभिट्टा माविमा आयोजित एक कार्यक्रममा उनले आधा दर्जन गीत सुनाएका थिए । उनले दर्शकलाई लिटिल च्याम्प्स बनाउन अनुरोध पनि गरे ।


उनीसँग कलाकार राजेश घतानीले पनि भारतीय रियालिटी शोका एक मात्र नेपाली गायक प्रितमलाई भोटमार्फत जिताउन आहान गरे । सुनरीको इटहरी ५ का प्रितमको उमेर ११ वर्ष मात्रै हो । तर, यिनको गायकी क्षमता निक्कै परिपक्व छ । त्यही कारण सुरिलो स्वरका धनी प्रितमले भारतीय रियालिटी शोमा गाउने अवसर पाएका छन् ।


पछिल्लो समय भारतीय रियालिटी शोहरूमा नेपाली प्रतिभाहरू बाक्लै सहभागी भइरहेका छन् । नृत्यमा तेरिया मगर र सुशान्त खत्री तथा गायनमा मेनुका पौडेलपछि प्रितम सहभागी बनेका हुन् । यी बाल गायकले भारतको चर्चित रियालिटी शो सारेगामापा लिटल च्याम्पमा आफ्नाे स्वरको जादु देखाउँदै छन् ।


जिटीभीबाट प्रसारण हुने रियालिटी शोमा प्रितम दसाैं हजार प्रतिष्पर्धीलाई पछी छाडेर मेघा अडिसन पनि पूरा गरेका छन् । मुम्बई इटहरीकै विश्व आदर्श स्कुलमा कक्षा ६ मा पढ्छन् प्रितम । ७ वर्षकै उमेरमा स्कुल आइडल जितेका उनी ९ वर्ष छदा सुरशाला गायन प्रतियोगितामा फस्ट रनर अप भएका थिए ।


उमेर सानो छ तर आवाज भने निक्कै परिपक्क लाग्छ । उनका धेरै गीत तथा कभर गीतहरू युटयुवमा भाइरल नै छन् । संगीत साधन प्रतिष्ठान इटहरीका संस्थापक राजु केसीले प्रितमको गायकी उत्कृष्ठ रहेको बताए । भने, ‘टप १५ छानिने सम्भावना धेरै छ ।’ सारेगामापामा उनले सुरुमा डिजिटल अडिसन दिएका थिए ।


निर्णायकले स्वर मन पराएपछि दिल्ली बोलाइएको बुवा काशिनाथले बताए । एक महिनाअघि दिल्लीका तीन वटा अडिसनमा सफल भएपछि प्रितम मुम्बईमा हुने मेघा अडिसनका लागि योग्य बनेका हुन् । ‘गायनमा प्रितमको मिहेनत धेरै छ’, बुवा काशिनाथ भन्छन्, ‘रिजल्ट राम्रै आउने आशा छ ।’


प्रितम दैनिक २ घण्टा नियमित रियाज पर्छन् । सगीतसँगै पढाइमा पनि उनी अव्बल छन् । उनका संगीत शिक्षक भुपेन्द्र राई भन्छन्, ‘प्रितमसँग गाउन सक्ने पृथक क्षमता छ ।’ आधुनिक, शास्त्रीय दुवै कसिमका गीत गाउन सक्ने क्षमता उनमा रहेको शिक्षक राईले बताए ।

प्रकाशित : माघ ७, २०७५ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?