कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुरानो नगरमा सडक र ढल

अर्जुन राजवंशी

झापा — भद्रपुर नगरपालिकामा सडक तथा ढल निर्माणले तीव्रता पाएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सघन सहरी तथा भवन निर्माण आयोजनाले नगरपालिकामा करिब दुई अर्बको लागतमा सडक तथा ढलको काम गरिरहेको हो । 

पुरानो नगरमा सडक र ढल

सदरमुकाममा रहेको नगरपालिका भएकाले सरकारले विशेष लगानी गरेको आयोजनाका इन्जिनियर विनोद सिंहले बताए ।


आयोजनाले ६ वटा ठेक्काअन्तर्गत नगरभित्र सडक र ढल बनाइरहेको छ । नगरभित्र ६९.३ किलोमिटर सडक तथा १ सय ३८.५ किलोमिटर ढल निर्माण गरिरहेको छ । योजनामा १ अर्ब ८६ करोड ६८ लाख तीन हजार ८ सय ६५ रुपैयाँ खर्चिदैछ । कालोपत्रे पनि चालु आर्थिक वर्षभित्रै सक्ने इन्जिनियर सिंहले बताए ।


आयोजनाले भद्रपुर ९ र १५ अन्तर्गत विद्युत प्राधिकरणदेखि सगरमाथा चोक–झिलमिया पैनी–गार्मेन्ट चोक–अन्जली मोड हुँदै देउनिया खोलासम्म सडक स्तरोन्नति तथा ढल निर्माणअन्तर्गत ढल ५.६ किलोमिटर तथा २.८ किमि सडक कालोपत्रे गरिरहेको छ ।


उक्त कार्यका लागि आयोजनाले गजुरमुखी खनाल जेभीलाई ५ करोड ९८ लाख ११ हजार ६ सय ५६ रुपैयाँमा ठेक्का दिएको छ । निर्माण कम्पनीसँग ०७४ असार ६ गते ठेक्का सम्झौता भई ०७५ असोज १० गते कार्य सम्पन्न गर्नुपर्ने उल्लेख थियो । तर, निर्माण नसकिएकाले कम्पनीलाई ६ महिनाको म्याद थप गरेको आयोजनाको चन्द्रगढीस्थित कार्यालयले जनाएको छ ।


नगरपालिकाको रङ्गेडाँडा–मावाचोक–ज्ञानेचोक सडक तथा ढल निर्माण द कञ्चनजंघा/कञ्चनजंघा जेभीले गरिरहेको छ । उक्त योजनामा ४ किलोमिटर कालोपत्रे तथा ८ किलोमिटर ढल निर्माणका लागि ७ करोड ८२ लाख ६५ हजार ४ सय ७२ रुपैयाँमा सम्झौता भएको छ । ०७४ असार ८ गतेको सम्झौताअनुसार ०७५ असोज १० गते आयोजना सम्पन्न हुनुपर्ने भए पनि काम नसकिएकाले ६ महिना म्याद थपिएको छ ।


नगरपालिकाको मन्त्रीचोक–लेखनाथ चोक–बीपी चोक–चैतुबारी मार्गमा पनि सडक तथा ढल निर्माण भइरहेको छ । उक्त स्थानमा अरनिको हेविट्याट जेभीले काम गरिरहेको छ । त्यसका लागि ८ करोड ९१ लाख ७६ हजार ६ सय १८ रुपैयाँमा ०७४ वैशाख २५ गते ठेक्का लागेको हो । नगरपालिकाको १० र ११ नम्बर वडाअन्तर्गत जिविस पश्चिम धुलाबारी रोड हुँदै देवकोटा मार्गसम्म ३.७ किलोमिटर सडक कालोपत्रे तथा ७.४ किलोमिटर ढल निर्माण भइरहेको छ । त्यसमा गजुरमुखी खनाल जेभीले गरिरहेको छ ।


भद्रपुर प्याकेजअन्तर्गत वडा नं. १३ र १५ को शिव मन्दिर–डाँफेचोक १२ र १३–चन्द्रगढी सामुदायिक वन उपभोक्ता कार्यालय–देउनिया खोला १२, १३, ९ चन्द्रगढी टी स्टेट–काँवा खाडी हुँदै उत्तरतर्फ देवी बस्ती–धुलाबारी जनता चोक–अस्पताल चोक–घोडामारा पैनी–नयाँ बजार–अमला डाँगी आपगाछी चोक–किच्चकबध–बैसाबारी जानेसम्मको सडक स्तरोन्नति तथा ढल निर्माण भइरहेको छ ।

प्रकाशित : माघ २२, २०७५ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?