२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

महाभारामा शंकास्पद वस्तु भेटियो

अर्जुन राजवंशी

दमक — झापाको गौरीगञ्ज गाउँपालिका १ महाराभामा शंकास्पद वस्तु फेला परेको छ । महाभारास्थित युनिभर्सल एकेडेमी नजिकैको बाँस झ्याङमा शंकास्पद वस्तु फेला परेको वडाध्यक्ष कार्तिकलाल राजवंशीले जानकारी दिए ।

बाँस झ्याङभित्र बोतलमा कालो प्लाष्टिकले बेरेको, संगै ब्याट्री र त्यहाँ तार समेत जडान गरेको अवस्थामा रहेको उनले बताए ।


स्थानीय बसन्त राजवंशी र गणेश राजवंशीले बुधबार दिउँसो बाँस काट्न गएको बेला उक्त वस्तु देखेर प्रहरीलाई खबर गरेको वडाध्यक्ष राजवंशीले बताए । अहिले उक्त स्थानलाई प्रहरीले सुरक्षित राखेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक कैलास राईले बताए ।

प्रकाशित : माघ २३, २०७५ १४:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?