कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पूर्वाञ्चल बहिरा विद्यालयमा डेढ करोडको छात्रावास निर्माण

सुनसरी — कान नसुन्ने बहिरा विद्यार्थीले सांकेतिक भाषाको माध्यमबाट पढ्ने पूर्वको एकमात्र शैक्षिक संस्था पूर्वाञ्चल बहिरा विद्यालयमा छात्रवास निर्माण गरिएको छ । दाताहरूको सहयोगमा करिब एक करोड ५० लाख खर्चिएर छात्रावास निर्माण गरिएको हो । 

पूर्वाञ्चल बहिरा विद्यालयमा डेढ करोडको छात्रावास निर्माण

विद्यालयका प्रधानाध्यापक रेनुका बुढाथोकीका अनुसार अमेरिकाको द रोज इन्टरनेश्नल फण्ड फर चिल्ड्रेन (टिआरआइएफसी) का बोर्ड सदस्य रोज स्टेफन, त्यसका अध्यक्ष रवर्ट रोज र सदस्य जोनले सुस्त श्रवण कल्याण संघमार्फत् एकमुष्ट नगद ५९ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेपछि त्यसले धरान–१६ जनपथमा १७ धुर जग्गा किनेर भवन निर्माण गरिएको हो । यो विद्यालयमा नि:शुल्क पठन पाठन हुन्छ ।

विद्यालयले जग्गा किनेपछि शिक्षा विभागको समावेशी शिक्षा शाखाबाट प्राप्त ८३ लाख रुपैयाँले १६ कोठाको २ तलाको भवन निर्माण गरिएको हो ।

विद्यालयका ५५ विद्यार्थीलाई आवासीय सुविधा भएको छात्रावासको पक्की घेरावारा, अन्य व्यवस्थाका लागि स्थानीयले आर्थिक सहयोग गरेका थिए ।

विद्यालयमा हाल विभिन्न जिल्लाबाट ६९ बहिरा विद्यार्थीहरू अध्ययन गरिरहेका छन् ।

प्रकाशित : माघ २९, २०७५ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?