कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

‘डान्स आइडल’ बनिन् अस्मिता

कान्तिपुर संवाददाता

इलाम — अपाङ्गता भएका बालबालिका लागि अक्षय कोष निर्माण गर्ने उद्देश्यकासाथ इलाममा सम्पन्न इन्टर स्कुल डान्स च्यामको उपाधि जुविलेन्ट इलाइट एकेडेमीकी अस्मिता गुरुङले जितेकी छन् ।

‘डान्स आइडल’ बनिन् अस्मिता

प्रतियोगितामा फिक्कलको एभरल्यान्ड इन्टरनेशनलकी सन्जु भुजेल फस्ट रनरअप भइन भने पशुपतिनगरको इस्ट पोइन्ट इङलिस स्कुलका आशिष गुरुङ सेकेन्ड रनरअप घोषित भए ।


विजेता गुरुङले ट्रफीसहित ३० हजार नगदसहित नेपाल लाइफ इन्सुरेन्सको ५ लाख बराबरको बिमासहित गिफ्ट ह्म्पर प्राप्त गरिन् । फस्ट रनरअप भुजेलले २० हजार रुपैयाँसहित ३ लाख बराबरको बिमा र आकर्षक पुरस्कार पाइन् । त्यस्तै सेकेन्ड रनरअपले १० हजार नगदसहित २ लाखको बिमा र अन्य पुरस्कार प्राप्त गरे ।


९ महिनादेखि सञ्चालित प्रतियोगितामा ७० विद्यालयका ३५ सय विद्यार्थीले प्रतिष्पर्धा गरेका थिए । अपाङ्गता भएका बालबालिको हितमा कोष खोल्नेसहित विद्यार्थीको प्रतिभाको प्रोत्साहन र राष्ट्रिय लेवलको स्टेजसमेत प्रदान गर्ने उद्देश्यका साथ सम्पन्न प्रतियोगिताको फाइनल चरणमा ख्याती कमाएका कलाकारहरू मिथिला शर्मा र महेश गोद्धार निर्णायक थिए ।


बालबालिका लागि ३० हजार रुपैयाँ बराबरको अक्षय कोष खडा गर्ने सोचसहित साथी– देवेन फाउन्डेशनमार्फत कार्य अघि बढाइने आयोजक समितिका संयोजक देवेन्द्र विश्वकर्माले जानकारी दिए ।

प्रकाशित : फाल्गुन ५, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?