२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

मोरङको भाउन्नेमा मूर्तिको बगैँचा बन्दै

विनोद भण्डारीे

विराटनगर — मोरङको बेलवारी नगरपालिका–१० भाउन्नेमा रहेको सृजना सामुदायिक वनको २१ हेक्टर क्षेत्रफलमा ठुला ठुला ढुङ्गा छरपस्ट राखिएका छन् । ती ढुंगामा तीन दिनदेखि जापानका नोरिओ ताकाओका, इटालीका माकी नाकामुरा, जर्मनका पिटर हारगेट, भारतका अनुपकुमार गुप्ता र बंगलादेशका अभिजित कान्तिदास सहित ३० जना मूर्तिकारले धमाधम बेग्लाबेग्लै ढुंगामा अलग–अलग आकृतिका मूर्ति खोप्दैछन् ।

मोरङको भाउन्नेमा मूर्तिको बगैँचा बन्दै

चारकोसे जंगलको त्यस क्षेत्रमा उनीहरू १८ दिन बिताउने छन् । त्यस अवधिमा उनीहरूले करिब सयवटा ठुला ढुंगामा फरक फरक मौलिक सृजनात्मक मूर्ति खोप्ने छन् । काम फत्ते गरेर उनीहरू त्यहाँबाट निस्कदा सृजना सामुदायिक वनको उक्त क्षेत्रको नाम मूर्तिको बगैंचामा परिणत हुने छ ।


वनले करिब १ करोड ८४ लाखको लागतमा पर्यटकलाई आकर्षित गर्ने हेतुले पार्क निर्माण अभियान सुरु गरेको हो । त्यस अभियानलाई सघाउन विदेशी पाँच मुलुकका ५ र स्वदेशी २५ मूर्तिकार स्वर्त स्फूर्त खटेका हुन् । त्यस बापत उनीहरूलाई पार्क व्यवस्थापन समितिले केही नगदसहित सम्मान गर्ने तयारी गरेको छ ।


मूर्तिका संयोजक धनु याखाले यहाँ बन्ने मूर्ति सृजनात्मक र मूर्तिकारको स्वइच्छाले मूर्ति बनाउने जानकारी दिने । केही मूर्ति धिमाल र राजवंशीको संस्कृति झल्कने खालका हुने उनले बताए । बाँकी मूर्तिको बारेमा मूर्तिकारलाई मात्र थाहा हुने उनले बताए ।

प्रकाशित : फाल्गुन ७, २०७५ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?