१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

छानबिन प्रभावित

वन विनाश प्रकरण
कान्तिपुर संवाददाता

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको धार्मिक तथा पर्यटकीय क्षेत्र मझुवागढीको वन पँmडानी प्रकरणको छानबिन प्रक्रिया प्रभावित भएको छ । कालिका भगवती मन्दिर हुँदै मझुवागढी क्षेत्रसम्म सडक खन्ने बहानामा देवीस्थान सामुदायिक वन विनाश गरिएको विषयमा छानबिन प्रभावित भएको हो ।

छानबिनका क्रममा स्थानीय जनप्रतिनिधिहरूले समेत असहयोग गरेकाले प्रभावित भएको स्रोतले जनाएको छ । सडक खन्ने बहानामा जनप्रतिनिधिहरू नै संलग्न भएकाले असहयोग भएको हो । वन विनाश हुने गरी सडक खन्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जेसीबी प्रयोग भएको भन्ने गुनासोपछि नगरपालिकालाई पत्र लेख्दा बेवास्ता गरेको डिभिजन वन कार्यालय खोटाङका प्रमुख ललितकुमार कर्णले बताए । ‘वन क्षेत्रमा सडक खन्न नगरपालिकाको जेसीबी प्रयोग भएको भन्ने गुनासोपछि नगरपालिकालाई पत्र लेखिएको थियो ।’ डिभिजन प्रमुख कर्णले भने ‘अहिलेसम्म कुनै रेस्पोन्स छैन, त्यसले अनुसन्धानमा समस्या भएको छ ।’


डिभिजन प्रमुख कर्णका अनुसार देविस्थान सामुदायिक वन र मन्दिर व्यवस्थापन समितिलाई पनि पत्र लेखिएको छ । यद्यपि दुबैले पत्रको जवाफ नदिएको प्रमुख कर्णले सुनाए । कसैले पनि पत्रको जवाफ नदिएपछि मुचुल्का उठाएर कारबाही प्रक्रिया बढाउने तयारी गरिए पनि जनप्रतिनिधिहरूले सहयोग नगर्दा समस्या आएको प्रमुख कर्णको भनाइ छ ।


उक्त वन विनाशबारे छानविनका लागि दिक्तेलस्थित सब–डिभिजन कार्यालयका प्रमुख तथा सहायक वन अधिकृत चतुरनारायण साहलाई खटाइएको थियो । तत्कालीन जिल्ला वन कार्यालयका अधिकृत भक्त लामाको नेतृत्वको टोलीले विभिन्न प्रकारका झन्डै चार सय रूख–बिरुवा नष्ट भएको प्रतिवेदन तयार पारेको थियो । लगत संकलन गरे पनि पहुँचवाला व्यक्ति नै पँmडानीमा संलग्न देखिएकाले कारबाही हुन नसकेको गुनासो छ ।


प्राकृतिक संरचना नास हुने गरी मझुवागढी क्षेत्रको सडक निर्माणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको डोजर प्रयोग गरिएको खुलासा भएको थियो । वन विनाशमा मझुवागढीस्थित सशस्त्र प्रहरी बल हलेसी गुल्मको समेत संलग्न देखिएको छ । स्थलगत रिपोर्टिङका क्रममा सशस्त्र प्रहरी बल हलेसी गुल्मका करिब दर्जनभबढी जवान खटिएका थिए ।


कालिका भगवती मन्दिर क्षेत्रमा सडक खनिदा प्राकृतिक संरचना नाश हुनुका साथै ठूलो मात्रामा वन विनाश भएकाले संलग्नलाई कारबाही हुनु पर्ने स्थानीयको माग छ । उक्त वन पँmडानीमा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला वन समन्वय समितिका अध्यक्ष एवं मझुवागढी संरक्षण समितिका अध्यक्ष समेत रहेका बबि चाम्लिङदेखि अन्य व्यक्ति संलग्न देखिएको स्रोतले जनाएको छ । त्यसैले वन कर्मचारीले कारबाही प्रक्रिया बढाउन नसकेको स्थानीयको भनाइ छ ।

प्रकाशित : फाल्गुन ८, २०७५ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?