कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आफैंले बोकेको बन्दुक पड्किएर जवानको मृत्यु

रमेशचन्द्र अधिकारी

धनकुटा — नेपाली सेनाका एक जवानको आफैंले बोकेको बन्दुक (एम १६) पडि्कएर मृत्यु भएको छ । उक्त घटनामा धनकुटाको सल्लेरीस्थित सेनाको वरख गणमा कार्यरत ३५ वर्षीय चेतराज जैशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफैंले बोकेको बन्दुक पड्किएर जवानको मृत्यु

ड्युटीमा रहेको बेला शनिबार राति ८:५० बजे गोली लाग्दा गम्भीर घाइते उनको जिल्ला अस्पतालमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । डोटीको भूमिराजमाण्डु घर भएका जैसीको छातीमा एक गोली लागेको जनाइएको छ ।


घटनाको प्रकृति र लास जाँच मुचुल्काबाट जैसी आफैंले गोली चलाएर आत्माहत्या गरेको प्रहरीको अनुमान छ । जैसीले घटना हुनु केही समय पहिले साथीसँग ऋणका कारण आफू चरम तनावमा रहेको बताएको स्रोतले जनाएको छ ।


विवाहित जैसीकी पत्नी धनकुटामा रहेको र उनी अचेत छिन् । पोस्टमार्टमपछि जोसीको लास आफन्तलाई जिम्मा लगाइएको छ ।


प्रकाशित : फाल्गुन १९, २०७५ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?