आगलागीमा छाेरीकाे मृत्यु, आमा घाइते

चन्द्र कार्की

तेह्रथुम — तेह्रथुमको छथर गाउँपालिका-२ हजरजुङमा मंगलबार बिहान घरमा आगलागी हुँदा एकजनाको जलेर मृत्यु भएको छ । 

आगलागीमा छाेरीकाे मृत्यु, आमा घाइते

बिहान सवा ६ बजे भएको आआगलागीमा परी २१ वर्षीया सम्झना कार्कीको जलेर मृत्यु भएको हो । उनकी ५५ वर्षीया आमा राममाया कार्की जलेर गम्भीर घाइते भएकी छिन् ।

घाइतेको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक नारायण गौतमले जानकारी दिए ।

आगलागीमा परी १० लाख रुपैंया बराबर धनमालको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन् ।

प्रकाशित : फाल्गुन २१, २०७५ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?