१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हेलिकप्टर दुर्घटनामा हराएको पेस्तोल भेटियो

आनन्द गौतम

ताप्लेजुङ — संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीका अंगरक्षक अर्जुन घिमिरेले बोकेको पेस्तोल भेटिएको छ । हराएकै दिनदेखि नेपाली सेनाको टोलीले घटनास्थलमै बसेर खोजी तीव्र बनाएको थियो । नाइन एम.ए. को पेस्तोल काम नलाग्ने अवस्थामा फेला परेको सुरक्षा स्रोतले जनाएको छ । केही भाग चोइटिएको छ ।

हेलिकप्टर दुर्घटनामा हराएको पेस्तोल भेटियो

तीन वटा गोली काम नलाग्ने अवस्थामा फेला परेको र २ वटा राम्रैजस्तो देखिएको सैनिक स्रोतले जनाएको छ । घटनास्थलमा एक थान मोबाइल पनि फेला परेको तर कस्को भन्ने नखुलेको सुरक्षा अधिकारीले बताए ।

मन्त्री अधिकारी सवार एयर डाइनेस्टीको हेलिकोप्टर फुङलिङ नगरपालिका १० तारेभीरको जंगलमा दुर्घटना भएको थियो । बुधबार भएको दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी, उनका अंगरक्षक जमदार घिमिरेसहित ७ जनाको निधन भएको थियो ।

प्रकाशित : फाल्गुन २२, २०७५ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?