३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

सांसदले उप्काए १० लाखको पर्खाल

एलिसा श्रेष्ठ

भाेजपुर — भाेजपुर नगरपालिकाको वडा नं. ५ मा बहिरा आवासीय विद्यालयको बार तथा पर्खाल मर्मत, सम्भार तथा निर्माण कार्य गुणस्तरहीन पाएपछि सांसद सुदन किरातीले उप्काइदिएका छन् । यही मंगलबार निर्माण अनुगमन तथा निरीक्षणको क्रममा काम गुणस्तरहीन पाएपछि आफैले घेराबार उप्काएका हुन् ।

सांसदले उप्काए १० लाखको पर्खाल

‘बालुवा र सिमेन्ट कम प्रयोग गरेको रहेछ, बनाउँदा नै भत्किन थालेको रहेछ,’ उनले भने । अत्यन्तै लापरवाही तरिकाले काम भएकोले पुनःनिर्माण नगरे बजेट रोक्का गर्ने निर्माण समितिलाई चेतावनीसमेत दिएका छन् ।

पुरानो पर्खालमाथि नै घेराबाराको इस्टिमेट गरेको थाहा पाएदेखि मर्मतसम्भार योजना समितिका अध्यक्ष दिपा सुवेदीलाई गुणस्तरीय काम गर्न बहिरा संघ भोजपुरका अध्यक्ष सिताराम ओझाले पटक–पटक सचेत गराएका थिए । ओझालाई निर्माण समितिले नपत्याएपछि अनुगमनका लागि सांसदलाई गुहारेका गरेका थिए ।

सांसदको चेतावनीपछि योजना समिति अध्यक्ष सुवेदीले भने प्राविधिकको इस्टिमेट अनुसार नै काम गरेको जिकिर गरिन् । उनले भनिन् ‘बहिराहरुको एकलौटी कुरा सुनेर माननिय ज्युले त्यसो गर्नु भयो, त्यो उहाँकाे नैतिकताले दिने हो कि होईन ?’ १० लाखको उक्त योजनाका लागि चालु आर्थिक बर्षको पुर्वाधार क्षेत्र बिकास कोषबाट बजेट छुट्याइएको थियो । विद्यालयमा १० जना बहिरा विद्याथीहरु अध्ययनरत छन् । समितिले गत माघ २० बाट काम थालेको थियो ।

प्रकाशित : फाल्गुन ३०, २०७५ १७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?