कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फैसलाको १६ वर्षपछि अपराधी पक्राउ

भोजपुर — जिल्ला अदालत भोजपुरबाट कैद सजाय फैसला भएर पनि फरार रहेका  जिल्लाको पश्चिमी टेम्केमैयुङ गाउँपालिका-१ खम्बुखाका ५२ वर्षीय गजकुमार राई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालयले जबरजस्ती करणी मुद्दाका फैसला भएको फरार अभियुक्तलाई १६ वर्षपछि पक्राउ गरेको हो । राईलाई भोजपुरबाट २०५९ साल चैत ९ गते जबरजस्ती करणी मुद्दामा तीन वर्ष तीन महिना कैद सजाय तोकिएको थियो ।


राईलाई प्रहरी टोलीले जंगलमा रहेको गोठमा बसेको बेला शनिबार पक्राउ गरेको हो । राईलाई अदालतको आदेशमा कैद भुक्तानका लागि कारागार कार्यालय चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रकाशित : चैत्र ४, २०७५ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?