कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एसईई परीक्षा : १२ स्थानीय तहमा४८ केन्द्र

सुनसरी — चैत १० गतेदेखि २१ गतेसम्म हुने एसईई परीक्षाका लागि सुनसरीका १२ स्थानीय तहमा ४८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जिल्ला शिक्षा विकास तथा समन्वय एकाइ सुनसरीले जनाएको छ । ती केन्द्रबाट जिल्लाका १२ हजार ९ सय ५३ परीक्षार्थीले एसईई परीक्षा दिने छन् ।

एसईई परीक्षा : १२ स्थानीय तहमा४८ केन्द्र

एकाइका कर्मचारी सोममनी कोइरालाका अनुसार तीमध्ये नियमित साधारणतर्फ १२ हजार २ सय ९९ जना, नियमित प्राविधिक धारतर्फ २ सय ५० जना, अपग्रेड ०७३ अगाडिका २ सय ३४ जना, अपग्रेड ०७४ यताका १ सय ७० जना रहेका छन् । नियमितका लागि जिल्लाभरिमा ४७ केन्द्र रहेका छन् भने अपग्रेड र प्राविधिक धारका लागि एक केन्द्र रहेका छन् ।


एकाइले परीक्षार्थीको संख्या र विद्यालयदेखि परीक्षा केन्द्रको दूरीका आधारमा पायक पर्ने ठाउँहरूमा केन्द्र निर्धारण गरेको जनाएको छ । सुनसरीको धरानदेखि देवनगञ्जसम्ममा १२ स्थानीय तहमा परीक्षार्थीको संख्याका आधारमा एसईई परीक्षा केन्द्र निरधारण गरिएको छ ।


समन्वय एकाइले माध्यमिक शिक्षा परीक्षालाई मयार्दित, व्यवस्थित, अनुशासित र शान्तमय वातावरणमा सम्पन्न गर्न धरानमा पव्लिक उमावि र शिक्षा निकेतन, बराह क्षेत्रमा आदर्श मावि, इटहरीमा ज्योती मावि, बर्जुमा रामसिता मावि, हरिनगरमा हरिनगर मावि र बालकृष्ण मावि, देवानगन्जमा साहेवगन्जमा केन्द्र तोकेको छ ।


शिक्षा ऐन, २०२८ (संशोधन सहित), शिक्षा नियमावली २०५९ (संशोधन सहित), एसईई परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०६८ (संशोधनसहित) लगायत अन्य प्रचलित नियम, ऐन–कानुन, नीतिगत व्यवस्था र निर्देशनहरूको अनिवार्य रूपमा पालना गर्ने गराउने सन्दर्भमा परीक्षासँग सम्बन्धित सवै सरोकारवालाका लागि लागू हुनेगरी आचारसंहिता समेत निर्माण गरिएको छ ।


आचारसंहिता अनुसार परीक्षार्थीहरूले परीक्षाको समयमा अनिवार्य रूपमा प्रवेशपत्र साथमा राख्नुपर्ने, प्रवेशपत्रमा उल्लिखित निर्देशनहरू तथा एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन निर्देशिकामा भएका परीक्षार्थीले पालन गर्नुपर्ने, प्रवेशपत्रबिना परीक्षामा बस्न नपाउने, नबसाउने, अन्यथा परीक्षाबाट निष्काशित गर्न सकिने पनि नियम बनाइएको छ ।

प्रकाशित : चैत्र ५, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?