कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

चुरेको डढेलो नियन्त्रण बाहिर

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको चुरे जगल क्षेत्रमा सातायता लागेको डढेलो नियन्त्रण बाहिर गएको छ । झण्डै डेढ सय हेक्टर वन क्षेत्रमा अहिले आगो लागिरहेको वन कार्यालयले जनाएको छ । 

चुरेको डढेलो नियन्त्रण बाहिर

सुख्खा मौसमसँगै चुरे क्षेत्रका वनमा ढडेलो बढ्दै गइरहेको वन कर्मचारी बताउँछन् ।


भीषण डढेलोले चुरे क्षेत्रको वन सखाप भएको छ । समथर क्षेत्रमा सामुदायिक वन उपभोक्ता समूह, वन कर्मचारी र स्थानीय तहका दमकल प्रयोग गरेर नियान्त्रण प्रयास गरिए पनि मध्य भाग र दुर्गम क्षेत्रमा डढेलो बढ्दै गएको डिभिजन वन कार्यालय त्रिवेणीले जनाएको छ ।


वन उपभोक्ता समूहले डढेलो नियन्त्रणमा चासो नदेखाउँदा र सुख्खा मौसम भएकाले समस्या भएको कार्यालयले जनाएको छ । कटारी नगरपालिकाका क्षेत्रमा समथर क्षेत्रमा नगरपालिकाकाले दमकल प्रयोग गरेर आगो नियन्त्रण गरिएको छ ।


डढेलोबाट बचाउन वन कर्मचारी, मातहतका कार्यालय र सामुदायिक वन समूहहरुलाई सचेत गराइएको डिभिजन वन कार्यालयहरुले जनाएका छन् । गतवर्ष उदयपुरको करिब ७ हजार हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो ।

प्रकाशित : चैत्र ७, २०७५ ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?