कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

होली विवादमा छुरा प्रहार हुँदा एक युवाको मृत्यु

प्रदीप मेन्याङ्बो

सुनसरी — सुनसरीको धरानमा युवायुवतीहरु होलीमा रमाइरहेका बेला बिहीबार साँझ बगैंचालाइनमा अचानक दुई समूहवीच झडप हुँदा एक युवाको मृत्यु भएको छ । छुरी प्रहारबाट ती युवकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने युवा धरान ८ स्थित सिदार्थमार्ग बस्ने २० वर्षीय निमा तामाङ हुन् । 

उनको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्‍याए लगतै मृत्यु भएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुमन तिम्सिनाकाका अनुसार मृतक तामाङको बायाँ छातीमा छुरी प्रहार भएको छ । तामाङकै समूहका मिलन विक घाइते भएका छन् । विकको बायाँ पाखुरामा छुरी प्रहार भएको छ । उनको प्रतिष्ठानमा उपचार भइरहेको छ । प्रहरीले छुरी प्रहार गर्ने चार जनाको समूहको पहिचान गरिसकेको जनाए पनि नाम सार्वजनिक गरेको छैन ।


लागूपदार्थ र मादक पदार्थ सेवनबाट उत्पन्न आवेगजन्य कारणले तामाङको हत्या हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित : चैत्र ७, २०७५ १८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?