१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

हत्या आरोपी चारजना पक्राउ 

प्रदीप मेन्याङ्बो

सुनसरी — छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले चार जनालाई शनिबार बेलुका पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान- ८ बस्ने १८ वर्षीय सुसान्त लिम्बु, १७ वर्षीय निश्चल विक, १८ वर्षीय शरण राई र धरान- ७ पानमारा बस स्टेशन बस्ने मनिस लावती रहेका छन् । उनीहरु सबै फरार भएका थिए ।

उनीहरुले गत ७ गते धरान-८ सिद्धार्थमार्ग बस्ने २० वषर्ीय निमा तामाङलाई छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । भानुचोकमा होलीको रमाइलो कन्सर्ट सकेर घर फर्किरहेका बेला पुरानो रिसइवीको कारण बगैचालाईनमा विवाद भएको थियो । विवादमा छुरी प्रहारबाट तामाङको तत्काल मृत्यु भएको थियो भने उनका साथी मिलन विक घाइते भएका थिए ।


प्रहरीले घटनामा संलग्नहरु चारैजनालाई हिरासतमा राखेर कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक सुमन तिम्सिनाले बताए ।

प्रकाशित : चैत्र १०, २०७५ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?