कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

एसईईमा छात्रा बढी

धनकुटा — धनकुटमा एसईई परीक्षामा छात्रभन्दा छात्रा बढी सहभागी भएका छन् । यसपालि २ हजार ८ सय २२ परीक्षार्थीमध्ये १ हजार ५ सय १३ छात्रा छन् । १ हजार ३ सय ९ जना छात्र परीक्षामा सामेल भएको शिक्षा समन्वय एकाइले जनाएको छ ।

एसईईमा छात्रा बढी

यसका आधारमा कुल परीक्षार्थीमध्ये छात्राको संख्या २ सय ४ ले बढी छ । पहिलो दिन अंग्रेजी विषयको परीक्षामा जिल्लाभर २९ परीक्षार्थी अनुपस्थित रहेको एकाइ प्रमुख रामबहादुर थापाले बताए ।


दृष्टिविहीन, क्रियापुत्री र अपांग सहभागी

जिल्लामा एक दृष्टिविहिन परीक्षामा सामेल भएका छन् । धनकुटा बोर्डिङ स्कुलका सुदेश राई दृष्टिविहीन हुन् । त्रिवेणी परीक्षा केन्द्रबाट परीक्षा दिइरहेका उनले आफ्नै विद्यालयका ९ कक्षाकी छात्रा समीक्षा भट्टराईको सहयोगमा परीक्षा दिएका हुन् । यसैगरी, एक अपांगता भएका परीक्षार्थी पनि सामेल छन् ।


साँगुरीगढी गाउँपालिकाको सिंहकाली मावि आहालेका सन्दिप राईले सोही विद्यालयका ९ कक्षाका सन्देश राई सहयोगी लेखकको माध्यमले परीक्षा दिइरहेका छन् । उनको दुबै हात चल्दैनन् । उनी ग्रामीण जनता मावि नाम्जे केन्द्रबाट परीक्षामा दिदैछन् । हिले मावि परीक्षा केन्द्रमा एकजना क्रियापुत्रीले परीक्षा दिइरहेका छन् ।


हिले स्थित मनकामना बोर्डिङ स्कुलका दिपेन दर्लामी मगरले आमाको निधन भएपछि क्रियापुत्रीका रूपमा परीक्षा दिएको जनाइएको छ । पहिलो दिन जिल्लाभर शान्तपूर्वक परीक्षा सञ्चालन भएको जनाइएको छ ।


संखुवासभामा १९ अनुपस्थित

संखुवासभा– आइतबारबाट सुरु भएको यो बर्षको एसईई परीक्षामा यो जिल्लामा १९ जना अनुपस्थित भएका छन् । २ हजार ६ सय ३१ जना परीक्षामा सहभागी भएको शिक्षा कार्यालयले जनाएको छ । परीक्षामा छात्रभन्दा छात्राको संख्या बढी सहभागी छन् । १ हजार २ सय ४१ छात्र र १ हजार ३ सय ७४ जना छात्रा सहभागी भए । पुराना १३ र नयाँ ३ जनाले ग्रेड बृद्धिका लागि परीक्षा दिएका छन् । यो जिल्लामा एसईईका लागि १५ वटा परीक्षा केन्द्र तोकिएको छ ।

प्रकाशित : चैत्र ११, २०७५ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?