कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

छुट्टाछुट्टै घटनामा तीनको मृत्यु, दुई घाइते 

डिल्लीराम खतिवडा

उदयपुर — प्रदेश १ का विभिन्न जिल्लामा शुक्रबार भएका घटनामा एक बालकसहित तीनजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।  

सोलु करिडोरको ३२ केभिए प्रसारण लाइनका लागि हाइस्टेशन फलामको पोल गाड्न खाल्डो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो । माटोको ढिस्कोले पुरिएर सोही कम्पनीका कामदार स्थानीय २८ वर्षीय लीलाबहादुर विकको घटनास्थलमानै मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।


घटनामा स्थानीय ३० वर्षीय तेजबहादुर विक गम्भीर घाइते भएका छन् । त्यसैगरी कटारी नगरपालिका-१० बस्ने सूर्यप्रसाद खनाल सामान्य घाइते भएका छन् । दुवै जनालाई उपचारका लागि कटारी अस्पताल पठाइएको छ ।


यस्तै, संखुवासभाको सभापोखरी गाउँपालिका-२ गोठगाउँमा शुक्रबार खोलामा डुबेर एकजनाको मृत्यु भएको छ । हजुरबुवासँग लुगा धुन र नुहाउन खोलामा गएका बेला स्थानीय प्रविण राईका ६ वर्षीय सुशन राई दहमा डुबेका थिए ।


प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिए पनि उपचारका लागि स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो ।


त्यसैगरी भोजपुरको अरुण गाउँपालिका-६ जरायोटारमा शुक्रबार रुखबाट लडेर एकजनाको मृत्यु भएको छ । रुखबाट लडेर स्थानीय चन्द्रबहादुर श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।


६५ वर्षीय श्रेष्ठ स्याउला काट्न रुख चढ्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित : चैत्र १६, २०७५ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?