सिरुवा पर्व मनाइँदै

राजवंशी जातिले बैशाख १, २ र ३ गते सिरुवा पर्व मनाउने
अर्जुन राजवंशी

बिर्तामोड — नयाँ वर्षसँगै राजवंशी समुदायको ‘सिरुवा पर्व’ सुरु भएको छ । तीन दिनसम्म मनाइने सिरुवाको पहिलो दिन वैशाख १ गते आइतबार झापाका राजवंशीहरूले उत्साहसाथ ‘पानी सिरुवा’ मनाएका छन् ।

झापाको कनकाई ९ घैलाडुब्बामा राजवंशीले ॅसिरुवा पर्व’मा पानी छ्यापाछ्याप गर्दै ।तस्बिर : अर्जुन/कान्तिपुर

राजवंशी जातिले वैशाख १, २ र ३ गते सिरुवा पर्व मनाउने गर्छन् । सिरुवा राजवंशीको प्रमुख चाड हो । पर्वकाअवसरमा ठाकुर–ब्र≈माणी, घाटोसरीसहित कुल देवीदेवताको पूजा गर्ने चलन छ । यो जातिले सिरुवाको पहिलो दिन बैशाख १ गते ‘पानी सिरुवा’, २ गते ‘काद सिरुवा’ र ३ गते ‘रंग सिरुवा’ खेलेर मनाउने गर्छन् । वर्षभरी शितलता प्राप्त होस् भन्ने कामना गर्दै आपसमा पानी छ्यापा–छ्याप गरेर परापूर्वकालदेखि पानी सिरुवा मनाउने चलन रहदै आएको ७७ वर्षीया नुकानी राजवंशीले बताइन् ।

Citizen


सिरुवामा राजवंशी जातिले पर्वभरी दैनिक घर–आँगन लिप–पोत गरी सफासुग्घर राख्ने, लुगा–कपडा धुइपखाली गर्ने, कुल देवता, ग्रामथानको नियमित पूजा गर्ने, मीठा–मीठा परिकार बनाएर खाने तथा सिरुवा खेल्न छिमेकी गाउँ र मेला बजार जाने चलन छ । महिलाहरू सिरुवा पर्व सुरु हुनु एक हप्तादेखि परिवारका सदस्यहरूको शरीरमा घाउँ, खटिरा नओस्, वर्षभरि घरपरिवारमा सुख–शान्ति होस् भन्ने कामना गर्दै गाउँगाउँ घुमेर घाटोसरी गाउने चलन पनि छ ।

पानी सिरुवा कनकाई नगरपालिकाको घैलाडुब्बा, बाह्रदशी गाउँपालिका, गौरीगञ्ज गाउँपालिका १ कुञ्जिबारीलगायतका स्थानमा सामूहिक मनाइएको छ । पानी सिरुवा राजवंशी जातिका सबैले मनाउने गर्छन् । उनीहरूले पानी सिरुवा खेल्नुअघि बिहान खानाको सट्टा ‘गाजी–मुरी’ (चना–भुजा) र खेसरी दालको ‘बरी’ (चप) परिकार बनाएर खाने गर्छन् ।

घैलाडुब्बाको टेकनारायणबारीमा बिहान राजवंशी पुरुष तथा महिलाहरू जातीय पोसाक लगाएर पानी सिरुवा खेलेका थिए । कोचिला गाभूर फ्रन्टको आयोजनामा सामूहिक रूपमा गाजी–मुरी र दालको बरी खाएर जातीय सांस्कृतिक कार्यक्रमसाथ उनीहरूले पानी छ्यापा–छ्याप गरेर पानी सिरुवा खेले ।

पर्वका अवसरमा जिल्लाका आदिवासी गाउँहरूमा सिरुवा मेलाहरू समेत सुरु भएका छन् । चैत २९ गते गौरादह नगरफालिका ७ ग्वालडुब्बामा सामूहिक सिरुवा सांस्कृतिक कार्यक्रम गरियो । कार्यत्रममा स्थानीय राजवंशी महिलाहरूले नयाँ वर्षमा गरिने घाटोसरी पूजा समेत गरेका थिए । पछिल्लो समय सिरुवा सामूहिक रूपमा मनाउने चलन बढेको छ । ‘युवा पुस्तालाई पर्वबारे आकर्षित गर्न तथा जानकारी पस्किन सामूहिक रूपमा पानी सिरुवा खेल्ने कार्यक्रम आयोजना गरेको’ फ्रन्टका अध्यक्ष अभय राजवंशीले जानकारी दिए ।

‘पहिला हामी गाउँगाउँ डुलेर पानी सिरुवा खेल्ने गर्दथ्यौं । तर, अहिले त्यो चलन हराएर गएको छ,’ ६० वर्षीया सावित्रा राजवंशीले भनिन्, ‘तर अहिले सामूहिक रूपमा पानी सिरुवा खेल्न पाउँदा निकै खुसी लागेको छ ।’

प्रकाशित : वैशाख २, २०७६ ०९:२१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’

कान्तिपुर संवाददाता

ताप्लेजुङ — २४ सौं वन्यजन्तु सप्ताह सुरु भएको छ । यो वर्ष ‘वन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने नारा तय गरिएको छ । दिवस वैशाख ७ गतेसम्म मनाइनेछ । यस अवसरमा कञ्चनजंघा संरक्षण क्षेत्र, तीनजुरे मिल्के जलजले क्षेत्रलगायतले साताझर गर्ने कार्यक्रम तय गरेका छन् । यी क्षेत्रमा जनचेतनामूलक कार्यत्रमलाई जोड दिइएको छ । 

हिमाली तथा पहाडी क्षेत्रमा पाइने हिउँ चितुवा, रेडपाण्डा, कस्तुरी मृग, ब्वाँसो, आसामी पहरेदार बाँदर, हिमाली खैरो भालु, चरीबाघ जस्ता दुर्लभ बन्यजन्तुको विषयमा जानकारी गराउने उद्देश्य छ । यिनलाई पहाडको गहनाका रुपमा लिइन्छ । ‘बन्यजन्तु के हुन् र यिनको संरक्षण किन गर्नुपर्छ भनेर समुदायलाई जानकारी गराउँछौं,’ कञ्चनजंघा संरक्षण क्षेत्रका सूचना अधिकारी योगेश ढकालले भने, ‘संरक्षण शिक्षाको कमीका कारण संरक्षणमा चुनौती रहेको हाम्रो बुझाइ छ ।’ भौगोलिक बिकटता, उच्च हिमाली क्षेत्र, जनशत्तिको अभाव जस्ता कारण संरक्षणमा चुनौती रहेको ढकालले बताए ।

सीमा क्षेत्रमा हुने चोरी सिकार, वन्यजन्तुले पुर्‍याउने क्षतिका कारण मानव र वन्यजन्तुबीव बढ्ने द्वन्द्वले पनि बन्यजन्तु संरक्षणमा चुनौती रहेको संरक्षणकर्मी बताउँछन् । हिमाली क्षेत्रमा हिउँ चितुवा र ब्वाँसोले चौरी, याकजस्ता घरपालुवा जनावर खाइदिने गरेका छन् ।

उचित क्षतिपूर्ति नपाउँदा ती जनावरप्रतिको स्थानीयको धारणा सकारात्मक नपाइएको हो । जनावरले स्थानीयले लगाएको बालीनाली खाइदिने गरेका छन् । बासस्थानमा हुने नकारात्मक प्रभाव, खोरिया फँडानी, वन्यजन्तु संरक्षणका लागि पर्याप्त क्षमताको कमीका कारण पनि समस्याहरू रहेको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषदद्वारा प्रकाशित पुस्तकमा उल्लेख छ ।

सीमापार समन्वयको अभावले पनि वन्यजन्तुको संरक्षणमा चुनौती छ । ताप्लेजुङ, पाँचथर संखुवासभा जस्ता सिमाना जोडिएका जिल्लाबाट भारत र चीनतिर चोरी सिकारी हुने गरेको छ । अघिल्ला दुई वर्ष ताप्लेजुङ सदरमुकाम फुङलिङबाट गएको नेपाली सेनाको टोलिले फक्तालुङ गाउँपालिका ७ ओलाङचुङगोलामा कस्तुरी मृगका लागि थापेको पासो काटेको थियो ।

एकै ठाउँमा ५० वटासम्म पासो सेनाले काटेको थियो । त्यसको एक सातापछिनै पुगेको स्थानीयको टोलिले फेरी तेत्तिकै संख्यामा पासो काटेको ओलाङचुङगोलाका फक्तालुङ ७ का वडाध्यक्ष छेतेन भोटे बताउँछन्। सेनाले तिब्बतबाट आएका सिकारीहरूले पासो थापेको अनुमान लगाएको छ । स्थानीयको दाबी पनि यस्तै छ । केही वर्षअघि छजना तिब्बती सिकारीलाई स्थानीयले समाएर प्रशासनलाई बुझाएका थिए ।

वन तथा वन पैदावारमा स्थानीयको आत्मनिर्भरता बढी हुनुले पनि वन्यजन्तुको संरक्षणमा समस्या छ । जैविक विविधताको संरक्षणमा ठूला बासस्थान क्षेक्रहरूको विशेष महत्व हुन्छ । वासस्थानहरू टुत्रिएका खण्डमा संरक्षणमा ह्रास आउँछ । त्यसैले वन्यजन्तु तथा जैविक विविधता संरक्षणका लागि भू–संरक्षणमा पनि ध्यान दिनुपर्ने परिषद अध्यक्ष खगेन्द्र फेम्बो बताउँछन् ।

ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा जस्ता सिमाना जोडिएका जिल्ला जैविक मार्गले जोडिएको हुँदा वन्यजन्तुका लागि यो क्रिडास्थलका रूपमा पनि रहेको फेम्वु बताउँछन् । उनका अनुसार यो सुखद पक्ष हो । यो भूगोलमा हिउँ चितुवाका लागि हिमाली भूगोल रहेको छ । जहाँ हिउँ चितुवा रमाउन सक्छ । रेडपाण्डाका लागि मालिङगो घारी छ । मालिङगो रेडपाण्डाको प्रमुख आहारा हो । उसको प्रमुख वासस्थान पनि यहि नै हो । वन, बुट्यान, चट्टान, हिउँ, हिमनदी जस्ता विविधता भएकाले पनि बन्यजन्तु रम्ने र रमाउने गरेको ढकाल बताउँछन् ।

वन्यजन्तु संरक्षणका लागि कञ्चनजंघा भू–परिधिको पनि परिकल्पना गरिएको छ । यो ११ हजार ५ सय वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । टिस्टा नदीको पानीढलोसम्म सिमाना मानिएको यो परिधिमा नेपालको कञ्चनजंघा संरक्षण क्षेत्र, भारत सिक्किमको काञ्चेनजोंघा राष्ट्रिय निकुञ्ज, सिक्किमकै फामवोङगोल्हो, मेनाम, क्योङ्गनोस्ला आरक्ष र दार्जीलिङको सिङगलिला राष्ट्रिय निकुञ्ज र महानान्दा आरक्ष पर्छन् । यस्को सिमानाभने उत्तरी सिक्किमदेखि भुटानसम्म रहेको छ ।

वन्यजन्तु संरक्षणका लागि पवित्र हिमालय भू–परिधिको पनि परिकल्पना गरिएको छ । यो नेपाल भारत र भुटानको करिव ९ लाख ५१ हजार ४३१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जदेखि कञ्चनजंघा संरक्षण क्षेत्रसम्मको नेपालतर्फको क्षेत्रलाई सरकारले सन् २००६ मा पवित्र हिमालय भू–परिधिका रूपमा स्थापना गरी संरक्षणका साझेदारहरूसँग सहकार्य गरिरहेको छ । यसमा लाङटाङ, गौरीशंकर, सगरमाथा, मकालुबरुण र कञ्चनजंघा संरक्षण क्षेत्र तथा राष्ट्रिय निकुञ्ज संरक्षित क्षेत्रमा पर्छन् ।

प्रकाशित : वैशाख २, २०७६ ०९:१९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT