३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

स्कुल गएकै दिन नयाँ पुस्तक

ताप्लेजुङ — रानी आधारभूत विद्यालयले शैक्षिक सत्र सुरु भएकै दिन विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराएको छ । प्रधानाध्यापक प्रेम खतिवडाका अनुसार पहिलोदिन विद्यालय आएका ६२ जनालाई पाठ्यपुस्तक र झोला प्रदान गरिएको हो ।

स्कुल गएकै दिन नयाँ पुस्तक

यो विद्यालयले तीन वर्ष यता प्रत्येक वर्षको बैशाख २ गते विद्यार्थीलाइ किताव उपलब्ध गराउँदै आएको छ ।


सदरमुकाम फुङलिङबाट एक दिनको पैदलमा रहेको फक्तालुङ गाउँपालिका ४ इखावुको यो विद्यालयसम्म सडकको पहुँच पुगेको छैन । गाउँपालिकाको केन्द्र तापेथोकसम्म पुगेको छ । खतिवडाका अनुसार सदरमुकामवाट लगिने किताव छिरुवासम्म गाडीमा लगिन्छ र त्यसपछि मान्छेलाइ बोकाएर लगिन्छ ।


‘म परीक्षा सकिनुभन्दा अगाडि नै विद्यालयमा किताव पुर्‍याइसक्छु,’ प्रधानाध्यापक खतिवडाले भने, ‘रिजल्ट हुँदा पुस्तक झोलाको बन्दोबस्त मिलाएर केही दिनका लागि स्कुल बन्द हुन्छ ।’ स्टेशनरी व्यवसायी संघका अनुसार खतिवडा सबैभन्दा पहिला पुस्तक खरिद गर्नेमा पर्छन् ।


गाउँपालिकाले पहिल्यै किताव खरिदको निकासा दिने गरेको छ । यदि ढिला भएको खण्डमा विद्यालयको स्रोतबाट खरिद गर्ने तयारी गर्ने खतिवडा बताउँछन् । पछि आउने निश्चित भएकाले विद्यालयको पैसा लगाइराख्ने र पछि भरपुर गर्ने तयारी पनि गर्ने गरेको खतिवडाले बताए । यो गाउँपालिकामा नमुना बिद्यालयको रूपमा पटकपटक पुरस्कृत भएको विद्यालय हो ।


व्यवसायीले सामुदायिक विद्यालयको पुस्तक फागुनमै ल्याउने गरेका छन् । स्टेशनरी व्यवसायी संघका अध्यक्ष दिनेश भट्टराई चैतको पहिलो सातादेखि बिक्री खुला गर्नेगरेको र यो वर्ष पनि त्यसरी नै बिक्री खुलाइएको बताउँछन् । किताव आएकाले समयमै सम्पर्क गर्नुहुन भनेर स्थानीय सञ्चार माध्यमबाट सूचना पनि दिने गरेको उनले बताए ।


भट्टराईका अनुसार यहाँबाट लैजाने अधिकांस विद्यालयले बुकिङ गराएका छन् । तर सबैले गोदामबाट लगिसकेका भने छैनन् । सदरमुकाम भित्रैका विद्यालय पनि सवैले लगिनसकेको उनले बताए । २ गतेसम्म १ सय २६ वटा विद्यालयले बुकिङ गरिसकेका छन् । बुकिङ गरेकामध्ये ७५ प्रतिशतले लगेका छन् ।


२५ प्रतिशतको गोदाममै रहेको छ । २८ वटा माध्यमिक विद्यालयले अर्डर गरेका छन् । तेह्रथुम, संखुवासभा र पाँचथरसँग सिमाना जोडिएको जिल्लाका सीमावर्ती गाउँका विद्यालयले छिमेकी जिल्लाबाट पनि खरिद गर्ने गरेका छन् । सदरमुकामका व्यवसायिले भने संयुक्त रूपमा बिक्री गर्दै आएका छन् ।


ताप्लेजुङमा ३ सय १७ वटा विद्यालय रहेका छन् । नगरपालिका तथा गाउँपालिकाले शैक्षिक सत्र सुरु हुनुभन्दा अघि ७५ प्रतिशत रकम दिने गरेको छ । २५ प्रतिशत खरिद र वितरणपछि गाउँपालिकालाई विवरण बुझाएर भुक्तानी लिन सकिने व्यवस्था रहेको छ ।

प्रकाशित : वैशाख ३, २०७६ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?