३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दुर्घटनामा एकको मृत्यु, १६ घाइते

डम्बरसिं राई

खोटाङ — काठमाडौँबाट दिक्तेल आउँदै गरेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
ना ४ ख ७४११ नम्बरको बस हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा गएराति साढे १० बजे दुर्घटना भएको थियो । 

दुर्घटनामा एकको मृत्यु, १६ घाइते

दुर्घटना परी रुपाकोट मझुवागढी नगरपालिका-२ सोल्माका ७० वर्षीय प्रजबहादुर राईको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते मध्ये गम्भीर ६ जनालाई काठमाडौँ पठाइएको छ । बस चालक भक्तपुर चाँगुनारायण नगरपालिका-५ का २६ वर्षीय टिकाराम खत्री, रामेछाप मन्थली उमाकण्ठ गाउँपालिका-५ का ४० वर्षीय महादोर्जे लामा, उनकी श्रीमती ३५ वर्षीय लककुमारी लामा, उदयपुर केलका गाउँपालिका-५ का २३ वर्षीय दुरेन्द्र राई, खोटाङ बराहापोखरी गाउँपालिका-१ का २४ वर्षीय विष्णुकुमार राई र हलेसी तुवाचुङ नगरपालिका-१० का ५१ वर्षीय दुर्गाबहादुर मगरलाई काठमाडौँ पठाइएको हो । उनीहरू मध्ये चालक खत्री गम्भीर घाइते छन् । उनीहरूको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक राजकुमार केसीले बताए ।


हलेसीमा भएको बस दुर्घटनामा घाइते भएकी केपिलासगढी गाउँपालिका-१ की २९ वर्षीय मैना राई दिक्तेल अस्पतालमा उपचारपछि घर फर्कने तयारीमा । तस्बिर :डम्बरसिं राई/कान्तिपुर

अन्य घाइतेको जिल्ला अस्पतालमा उपचारपछि घर फर्किएका छन् । घाइते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ का ओजनबाबु आचार्यका अनुसार बस अगाडि तीन जना सवार मोटरसाइकल एक्कासि रोकिएपछि चालकले ब्रेक लगाउँदा गाडी अनियन्त्रित भई खसेको थियो । 'तीन जना सवार मोटरसाइकल एक्कासि रोकियो ।' आचार्यले भने,'हाम्रो ड्राइभरले ब्रेक लगाउँदा अनियन्त्रित भएर पछाडितिर गाडी गुड्यो, त्यसपछि सडकमुनि झरियो ।'


आचार्यका अनुसार बस करिब २०/२५ मिटर तल खसेको थियो । फोल्डिङ हुँदै बस खसेकाले धेरैजना घाइते भएका हुन् । दुर्घटनापछि प्रहरीलाई फोन गर्दा समेत ढिलो गरी घटनास्थलमा आइपुगेको आचार्यले गुनासो गरे । उनका अनुसार स्थानीयले समेत घाइतेको उद्धारमा सहयोग नगरेको बताए । यद्यपि बसमा सवारको सामानहरू भने धेरै नै गायब भएको आचार्यको गुनासो छ ।


बस झरेको ठाउँमा प्रहरी बाहेक अन्य नपुगे पनि सामान हराएकोप्रति आश्चर्य लागेको उनले सुनाए । रातिको समय भएकाले सामानभन्दा पनि घाइते उद्धारमा लागेकाले सामानको सुरक्षा नभएको हुन सक्ने डिएसपी केसीले सनाए ।

प्रकाशित : वैशाख ३, २०७६ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?