१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

मुहान सुकेपछि बसाइँसराइ

पाँचथर — कुम्मायक गाउँपालिका पानीका मुहान सुक्न थालेपछि स्थानीय बसाइँ सर्न थालेका छन् । यो आर्थिक वर्ष मात्र २५ घर गाउँबाट बसाइँ सरेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

स्थानीय बसाइँ जान थालेपछि जमिन बाँजिएका छन् । तेह्रथुम जिल्लासँग सिमाना जोडिएको यो गाउँपालिका २ सय २९ वर्ग मिटरमा फइलेको छ । १६ हजारभन्दा बढी जनसंख्या रहेको यो गाउँपालिमा अहिले पुग नपुग १० हजार जनसंख्या रहेको अध्यक्ष चेम्जोङ बताउँछन् ।


सात वर्ष अघिबाट गाउँमा रहेका पानीका मुहान सुक्न थालेका हुन् । स्थानीय लेखनाथ खनाल गाउँका अधिकांश मानिस तराईमा बसाइँ सरेको बताउँछन् । प्रदेश सरकारले सुख्खा ग्रस्त क्षेत्रका रूपमा वर्गीकरण गरेको उक्त गाउँपनलिकालाई केन्द्र र प्रदेश सरकारबाट पानीको समस्या सामाधान गर्न डिप बोरिङ र तमोर लिफ्टिङ खानेपानी आयोजना सञ्चालन गरेको भए पनि बसाइँ सराइको क्रम भने रोकीएको छैन ।


गाउँपालिकाका सिम्म्रा, हात्तिपोखरी, हाङठुवा, आहाले लगायत क्षेत्रमा अहिले मानवविहीन हुने अवस्थामा पुगेका छन् । बस्ती पातलीयसँगै एक दुई घरहरूले लगाएका अन्न बाली समेत जङगली जनवारको आहारा हुन थालेको हाङठुवाका किसान रविलाल ढुङगानाले बताए । सुन्तोलाको व्यावसायिक खेती गर्दै आएका कुम्मायक ४ का नरेन्द्र सम्बाहाम्फे अब के खेती गर्ने भनने चिन्तामा छन् ।


सुख्खा लागेसँगै सुन्तोलाका बोट सुक्न थालेका छन् । अघिल्ला वर्षहरूमा ५०–६० हजारको सुन्तोला बेचेको वताए । सुन्तोला मात्र होइन यस क्षेत्रमा मुख्य कृषिउपज मकै, कोदो, धान, बदाम पनि फल्न छोडेका छन् ।


बसाइँ सर्ने क्रमलाई कसरी रोक्न सकिन्छ भन्ने योजना बनाइ रहेको अध्यक्ष चेम्जोङले बताए । डिप बोरिङबाट तत्काल खानेपानी समस्या समाधान गरे पनि सिँचाइको विकल्प समेत खोजिएको उनले वताए । तमोर खोलाको पानीलाई लिफ्टिङ गरी वितरण गर्ने काम अन्तिम चरणमा पुगे पनि त्यसले सिचाइ गर्न कठिन हुने उनले बताए । गाउँपालिकाकी उपाध्यक्ष सिता आचार्यले खानेपानी र सिँचाइका लागि स्थानीय सरकारले पहल गरी रहेकाले गाउँ नछोड्न स्थानीयलाई आग्रह गरिन् ।


ज्ञानु घिमिरे (प्रशिक्षार्थी)

प्रकाशित : वैशाख ६, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?