२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

छुट्टाछुट्टै घटनामा दुईको मृत्यु

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । खोलामा माछा मार्ने क्रममा डुबेर सिरिजंघा गाउँपालिका ३ सिकैंचा कुञ्जारिका २१ वर्षीय अजय बोखिमको मृत्यु भएको छ ।

उनको शव पोष्टमार्टमकालागि जिल्ला अस्पताल ल्याउँदै गरेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।


यसैगरी पाथीभरा दर्शनकालागि हिँडेका धरान उपमहानगरपालिका ४ का अमेरिकन लिम्वू लावतीको उपचारको क्रममा मृत्यु भएको पाथीभरा क्षेत्र विकास समितिका सदस्य सचिव उदय भट्टराईले बताए । भट्टराईका अनुसार माथिल्लो फेदीमा पुगेपछि बिहीबार उनी बिरामी भएका थिए । त्यहाँबाट फर्काएर उनलाई जिल्ला अस्पतालमा उपचारकालागि ल्याइएको र उपचारकै क्रममा मृत्यु भएको भट्टराइले बताए ।

प्रकाशित : वैशाख ६, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?