बसाइँ आउनेले पाए ५ लाख

छथर गाउँपालिकाले अन्यत्रबाट बसाइँ सरी आउने १८ परिवारलाई व्यावसायिक अनुदान दिन थाल्यो
चन्द्र कार्की

तेह्रथुम — अन्यत्र बाट बसाइँ सरी आएका १८ परिवारलाई छथर गाउँपालिकाले व्यवसायिक अनुदान वितरण शुरु गरेको छ । प्रदेश १ का विभिन्न जिल्ला बाट बसाई सरी आएका परिवारलाई कानुन मन्त्री भानुझक्त ढकालले शुत्रवार व्यवसायिक अनुदान रकम हस्तान्तरण गरे । 

बसाइँ आउनेले पाए ५ लाख

बसाई सराईले गाउँ रित्तिन थालेपछि छथर गाउँपालिकाले छथर आफ्नो गाउँपालिकामा बसाई सरी आउनेलाई व्यवसायिक प्रस्ताबनाको आधारमा ५ लाख रुपैंया दिने नीति पास गरेको थियो । व्यवसाय गर्न अनुदान रकम पाउने भएपछि पुर्वका विभिन्न जिल्ला बाट गत साउन यता १८ परिवार छथरमा बसाई सरी आएका छन् । तत्कालीन ६ गाबिस गाभेर बनाईएको छथर गाउँपालिकामा बसाई सराई दर उच्च छ । बसाई सराईदर रोक्न र जनसख्या सन्तुलन कायम गर्न पनि यस्तो नयाँ जुक्ती निकालीएको गाउँपालिका अध्यक्ष सन्तविर लिम्बुले बताए ।


बसाई आएकाहरूलाई अनुदान रकम हस्तान्तरण गर्दै कानुन मन्त्री ढकालले छथर गाउँपालिकाले चलाएको यस्तो अभियानका कारण अन्यत्रबाट बसाइ सरेर आउने मध्ये केही व्यवसायिक समेत भएको र यस्तो कार्यक्रमले रोजगारी समेत सृजना हुने अपेक्षा गरे । प्रदेशका विभिन्न जिल्लाबाट बसाई सरेर छथर गाउँपालिकामा आउने १८ मध्ये १४ परिवारलाई शुक्रबार कानुन मन्त्री ढकालले अनुदान रकम हस्तान्तरण गरे ।


आफ्नो पुर्ख्यौली जमिन बाँझै छोडेर गाउँले बसाई हिड्न थालेपछि हरेक बस्तीमा बर्षेनी जनघनत्व घटीरहेकाले जनसंख्या बढाउन यस्तो नीति लिएको गाउँपालिका अध्यक्ष लिम्बुले बताए । ‘गाउँका बस्ती रित्तिदै जान थालेपछि यस्तो जुक्ती निकालेका हौं’ अध्यक्ष लिम्बुले भने ‘तर यस्तो अनुदान यही आएर व्यवसाय गर्नेहरूका लागि मात्र हो ।’ तर त्यसका लागि बसाई सरी आउनेले बसाई सरी आएको प्रमाण पत्रको साथमा व्यसायिक योजना पनि साथैमा लिएर आउनु पर्नेछ ।


१६ हजार ७ सय १५ जनसंख्या रहेको छथर गाउँपालिकामा आगामी ५ वर्ष भित्रमा जनसंख्या वढाएर २५ हजार पुर्‍याउने लक्ष्य लिईएको छ । न्युन जनसंख्याका कारण विकास र समृद्धिमा नै समस्या हुन थालेपछि यस्तो नीति लिएको हो । गाउँपालिका भित्रका जुनसुकै वडामा बसाई आउने जो कोहीले सुविधा पाउनेछन् । तर त्यसका लागि आफुले के काम गर्ने ? भन्ने व्यवसायिक योजना भने गाउँपालिकामा अग्रीम पेश गर्नुपर्नेछ ।


आर्थिक बर्ष २०७५/७६ को नीति तथा कार्यक्रममा नै यो व्यवस्था समेटीएको छ । पहिलो बर्ष १० लाख रुपैंया बजेट छुट्याईएको छ । बसाई सरी आउनेको संख्या वढे यो रकममा पनि थप गरीने गाउँपालिकाले जनाएको छ । गत साउन १ गते यता बसाई सरी आउनेले यो सुविधा पाउनेछन् ।

प्रकाशित : वैशाख ७, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?