जिप दुर्घटनामा एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर     

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरको बेलका नगरपालिका ७ मैनामैनी कुलुङमा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

जिप दुर्घटनामा एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर     

आइतबार राति सुनसरी बराहक्षेत्र नगरपालिका चतराबाट बेलका नगरपालिका मयामसम्म जाँदै गरेको को १ ज १६१५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा बेलका नगरपालिका ७ मैनामैनीका अन्दाजी २३ वर्षीय मनोज राईको घटनास्थलमै मृत्यु भएको हाे ।


दुर्घटनामा गम्भीर घाइते बेलका ७ मैनामैनीका २७ वर्षीय अम्बर राई र बेलका ८ का ३५ वर्षीय चरकुमारी राईको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले जानकारी दिए । उनका अनुसार अम्बरको हात र छातीमा चोट लागेको छ भने चरकुमारीको टाउकोमा चोट लागेको छ ।


बेलका ७ की ३२ वर्षीय पिपल कुमारी राई सामान्य घाइते छिन् । घाइतेहरुको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेकाे प्रहरीले जानकारी दिए ।

प्रकाशित : वैशाख ९, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?