कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

अझै खुलेन विश्वविद्यालय

विराटनगर — निष्पक्ष र पारदर्शी रूपमा परीक्षा हुनुपर्ने माग गर्दै विभिन्न विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयको विराटनगरस्थित प्रदेश १ परीक्षा नियन्त्रण कार्यालयमा माघ तेस्रो साता लगाएको ताला अझै खुलेको छैन । 

परीक्षा नियन्त्रण कार्यालयले २०७० साउन ४ परीक्षा नियन्त्रण कार्यालयले ५ जना कर्मचारी पदपूर्ति गर्न विज्ञापन

आह्वान गरिएको थियो । लामो समयसम्म परीक्षा नभएपछि परीक्षार्थी मध्येबाट उच्च अदालत विराटनगरमा मुद्दा दायर गरेका थिए ।


अदालतले परीक्षा नियन्त्रण कार्यालयको नाममा परमादेश आदेश जारी गरी परीक्षा सञ्चालन गर्न आदेश दिएको थियो । अदालतको आदेशअनुसार कार्यालयले माघ २१ गते परीक्षा लिने तयारी गर्दा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम र राष्ट्रिय विद्यार्थी मञ्चले तालाबन्दी गरेको परीक्षा नियन्क्रक अर्जुनवित्रम खड्काले बताए ।


परीक्षा नियन्त्रण कार्यालयले चालक १ लेखापाल १ कम्प्युटर अपरेटर २ र स्टोरमा १ जना कर्मचारी प्रयोगात्मक र अन्तरवार्त मार्फत पदपूर्ति गर्ने तयारी गरेको थियो । विद्यार्थी संगठन स्रोतका अनुसार नेपाल विद्यार्थी संघका विक्रम श्रेष्ठ, पूर्वमाओवादी निकट अखिल क्रान्तिकारीका सुमन कालिकोटेले, समाजवादी विद्यार्थी फोरम र राष्ट्रिय विद्यार्थी मञ्चले तालाबन्दी गरेका हुन् ।


अखिलका प्रदेश १ संयोजक ओसिम आलमले ताला बन्दीमा आफ्नो समर्थन नरहेको वताएका छन । तालाबन्दी गर्ने विद्यार्थीहरूले राष्ट्रिय दैनिकमा सूचना प्रकाशित हुनुपर्ने आफ्नो माग अगाडि सारेका छन् ।


उनीहरूले आफन्तलाई जागिर हुनुपर्ने आफनो माग नभई पारदर्शी रूपमा परीक्षा हुनुपर्ने आफ्नो माग रहेको दाबी गरेका छन् । उनीहरूको तालाबन्दी पछि आवेदकहरूले पुनः उच्च अदालतमा परीक्षा हुनुपर्ने माग गर्दै मुद्दा दर्ता गरेका छन् । परीक्षाको लागि ४९ जनाले आवेदन फारम भरेका थिए ।

प्रकाशित : वैशाख ९, २०७६ ०९:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?