१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

‘खर्च गर्नेलाई बढी बजेट’

कुम्भराज राई

ओखलढुंगा — ‘लघु उद्यम विकास कार्यक्रम’ मा जुन स्थानीय तहले बढी कार्यक्रम गरेर खर्च गर्छ उसैले बढी बजेट पाउने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । आइतबार मानेभन्ज्याङमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले सशर्त अनुदानका कार्यक्रममा जसले बढी खर्च गर्छ उसैले बढी बजेट पाउने बताइन् ।

स्थानीय तहहरूले उद्योग मन्त्रालय मातहतका कार्यक्रमहरूमा समन्वय गरी कार्यक्रम गर्न सके बजेट थप गरेर पठाउन सकिने उनले बताइन् । ‘लघु उद्यम विकास कार्यक्रममै प्रदेश दुईको मन्त्री र सचिव बिचको विवादले गर्दा खर्च हुन सकेन’ उनले भनिन्, ‘अब त्यो बजेट सम्भवतः राम्रो काम गरेका अन्य प्रदेशले पाउनेछन् ।’


प्रदेश २ मा करिब १३ करोड बजेट विवादका कारण फ्रिज हुने अवस्थामा पुगेको हो । वर्षको अन्तिम अवस्थामा पनि कार्यक्रम गर्न सकिने सम्भावना नरहेको मन्त्रालयको भनाइ छ । यतिखेर मन्त्रालयले बजेट बनाउने समय भएकोले साना तथा मझौला किसिमका उद्योगहरू प्रवद्र्धनका लागि स्थानीय तहले कार्यक्रम बनाएर प्रदेश सरकारमार्फत प्रस्ताव पेस गर्न उनले अनुरोध गरिन् ।


यसै वर्षदेखि मन्त्रालयले हरेक स्थानीय तहमा एउटा ‘उद्योग ग्राम’ स्थापना गर्ने लक्ष्यका साथ कार्यविधि बनाएर स्थानीय तहमा पठाइसकेको छ । यस कार्यक्रम अन्तर्गत एउटा स्थानीय तहमा स्थानीय स्रोत साधनको प्रयोग गरेर एउटा उद्योग ग्राम स्थापना गर्ने लक्ष्य छ ।


त्यसका लागि स्थानीय तहले पूर्व सम्भाव्यता अध्ययन गरि जग्गा उपलब्ध गराएर प्रदेश सरकारलाई पठाउनुपर्नेछ । प्रदेश सरकारले केन्द्र सरकारलाई सोही निर्णय पठाएपछि उद्योग मन्त्रालयले उद्योग ग्राम घोषणा गर्ने र त्यहाँ सम्म बाटो पु¥याउनेछ । बा“की अन्य पूर्वाधारका काममा प्रदेश सरकारले सहयोग गर्नेछ । यसरी उद्योग ग्रामबाट उत्पादित सामग्रीलाई मन्त्रालयले बजार खोजेर बिक्री समेत गरिदिने कार्यविधि रहेको सचिव खतिवडाले बताइन् । प्रत्येक काम अब स्थानीय तहस“ग जोडिने भएकोले समन्वय र सक्रियता बढी हुनुपर्ने उनको भनाइ छ ।


महिला उद्यमशिलता कार्यक्रम, भगत सर्वजित सीप विकास कार्यक्रमजस्ता कार्यक्रमबाट महिला, दलित जस्ता समुदायले लाभ लिइरहेको मन्त्रालयले जनाएको छ । महिला सशक्तीकरणका लागि समेत यी कार्यक्रमहरू प्रत्यक्ष रूपमा लाभदायक रहेको सचिव खतिवडाले बताइन् ।

प्रकाशित : वैशाख १०, २०७६ ०९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?