१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

स्काउटमा अनियमितता आरोप

विराटनगर — नेपाल स्काउटको आयोजनामा विराटनगरमा आइतबार सम्पन्न प्रदेश स्तरीय स्काउटको आधारभूत तालिममा अनियमितता भएको भन्दै प्रदेश १ सांसदहरूले छानबिनको माग गरेका छन् । 

प्रदेशसभाको सोमबार बसेको बैठकको शून्य समयमा बोल्दै कांग्रेसका कांग्रेसका प्रुमख सचेतक केदार कार्कीले कार्कीले दुःख र पीडामा उद्धार गर्ने उद्धारकर्मीको रूपमा तालिम दिने नाममा प्रदेशभरका पुराना स्काउटकर्मीलाई पाखा लगाएको र कार्यकर्ता भर्ति गरिएको आरोप लगाए । कार्कीले स्काउटको तालिममा आउने जानेलाई भत्ता दिइएको, पैसाको भरमा सदस्यता वितरण गर्दै दीक्षित गरिएको र उपस्थित सबैलाई लत्ताकपडा बाँडेर करोडौँ रकम दुरुपयोग गरिएको आरोप लगाए ।


‘स्काउटमा तालिम लिन आउनेहरू आफै पैसा तिरेर तालिम लिन आउँछन् तर यो प्रदेशमा अचम्मको खेल भयो अमूक कार्यकर्तालाई बोलाइयो, लुगा बाँडियो,, पैसा बाँडियो,’ उनले भने ‘स्काउटको तालिमको नाममा करोडौं भ्रष्टाचार भएको छ यसको छानबिन गरियोस् ।’


स्काउटको १ नम्बरस्तरीय तालिम ६ दिनसम्म संचालन भएर आइतबार सकिएको थियो । उक्त तालिमको आइतबार संघीय सरकारका युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले समापन गरेका थिए । ६ दिनसम्मको तालिममा विद्यार्थी र शिक्षकहरूलाई एकै पटक १९ कोर्षमा तालिम दिएको थियो ।


एक नम्बर प्रदेशबाट सुरु भएको यो तालिम सातै प्रदेशमा हुने स्काउट मोरङका कार्यकारिणी सदस्य नवलप्रसाद उपाध्यायले जानकारी दिए । नेपाल स्काउटका तदर्थ समिति संयोजक लोकबहादुर भण्डारीले सांसदले लगाएको आरोप गलत भएको बताए । विगतमा परिवारमा मात्रै सिमित रहेको स्काउटलाई स्थानीय तहसम्म पुर्‌याउन आफुहरू लाािग परेको केहि तत्वहरूलाइ चित्त नबुझेका कारण यस्तो आरोप लगाइएको उनले दाबी गरे ।


तालिममा करिब १८ लाख खर्च भएको बताउँदै उनले युवार सीमान्तकृत वर्गलाई स्काउटमा आबद्ध गराउने उद्देश्यले तालिमको आयोजना गरिएकाले यातायात खर्च वितरण गरिएको उनले बताए ।


६० हजार सदस्य संख्या रहेको नेपाल स्काउटमा सन् २०२० सम्ममा ३ लाख सदस्य संख्या पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको उनले बताए । तालिममा ३ सय २७ पुरुष र १ सय ९५ जना महिला स्काउटहरूको सहभागिता थियो ।


– विनु तिम्सिना

प्रकाशित : वैशाख १०, २०७६ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?