कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

‘८० प्रतिशत काम सकियो’

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले चालु आर्थिक वर्षको ८० काम सम्पन्न भएको दाबी गरेको छ । करिब ७१ करोड बजेटबाट यतिको काम भएको नगरको भनाइ छ ।

नगरप्रमुख दीपनारायण रिजालका अनुसार वडा ६ नेर्पा, वडा नं–१० पाथेका र वडा ११ खार्मीको बीचमा पर्ने बगरेभन्ज्याङ ताल निर्माणमा ५४ लाख, वडा १४ बुइपास्थित एलम्बर पार्क निर्माणमा ७२ लाख, माटिकोरे कभर्डहल निर्माणमा ७५ लाख, पर्यापर्यटकीय रुपाकोट भ्युटावर निर्माण २७ लाख, साप्सुढाप २६ लाख, दिक्तेल–पाथेका सडक एक करोड ३५ लाख लगानी गरिएको छ ।


यस्तै, दिक्तेल क्याम्पस भवन निर्माण एक करोड ९९ लाख, दिक्तेलबजार सडक बत्ती एक करोड ८२ लाख, बुइपास्थित सीतादेवी मन्दिर ३५ लाख रुपैया“को योजना धमाधम भइरहेका छन् । यसबाहेक दिक्तेल–दुम्ली सडक १७ लाख, अस्पतालचौक–साप्सु खोला सडक २० लाख, दोर्पा निभारे–साप्सुढाप सडक ४५ लाख, कम्पोस्ट मल उत्पादनमा तीन करोड ३२ लाख रुपैयाँको योजना सम्पन्नको तयारीमा पुगेको नगरप्रमुख रिजालले सुनाए । शिक्षा क्षेत्रमा पनि उल्लेख्य काम भएको नगरप्रमुख रिजालको भनाइ छ । उनका अनुसार नगरका सबै माध्यमिकतहका सबै विद्यालयहरूमा इहाजिरी लागू हुनुका साथै पाठ्यपुस्तक अभाव समेत नभएको रिजालको दाबी छ ।


स्वास्थ्य क्षेत्रमा ब्लड बैंक स्थापना, नगरपालिकाको बुइपा र दोर्पामा बर्थिङ सेन्टर, लफ्याङ र पाथेकामा खोपकेन्द्र र औषधीको पर्याप्तता रहेको रिजालले दाबी गरे । कृषि क्षेत्रमा बुइपामा कागती र लिची, विजयखर्क र लफ्याङमा केरा, सोल्मामा किवी, नेर्पा र निर्मलीडाँडामा अलैची, सोल्मामा तरकारी, नेर्पा र जालपामा रेन्बोट्राउट माछा पकेट क्षेत्र बनाउने योजना अनुसार काम भइरहेको नगरप्रमुख रिजालले सुनाए । यसबाहेक सिँचाइका पाँचवटा ठूला योजनाहरू सञ्चालनमा छन् ।


उपप्रमुखसँग महिला कार्यक्रमअन्तर्गत विनियोजित ५० लाख रुपैयाँको बजेटबाट महिला उद्यमशीलता विकासको काम पनि भइरहेको रिजालले सुनाए । सबै योजनाहरू आगामी असारभित्रै सकिने रिजालले दाबी गरे ।


गुणस्तरीयताका लागि निरन्तर अनुगमन भइरहेको समेत रिजालले बताए । ‘समृद्ध नगरपालिका बनाउने रणनीतिका आधारमा गुणस्तरीय काम भइरहेको छ ।’ रिजालले भने–‘यसका लागि नियमित अनुगमन र द्रुतगतिमा काम गर्न निर्देशन गरिएको छ ।’ रिजालले थपे, ‘असारसम्ममा कुनै पनि योजना अपूरो हुने छैन ।’

प्रकाशित : वैशाख १०, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?