कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जग्गा कब्जाबारे अख्तियारद्वारा छानबिन

डम्बरसिं राई

खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको पर्यापर्यटनको केन्द्र रुपाकोट र धार्मिक तथा पर्यटकीय क्षेत्र मझुवागढी क्षेक्रको जग्गा व्यत्तिको नाममा भएकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन बढाएको छ ।

ऊक्त जग्गाहरू कसरी व्यत्तिको नाममा गएको भन्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले छानबिन गरिरहेको बेला अख्तियारले अुनसन्धान बढाएको हो ।


नगरपालिकाले नापी विझागका कर्मचारीको सहयोगमा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको निष्कर्ष निकालेको थियो । दित्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालका अुनसार रुपाकोटको केन्द्र आसपासको जग्गा दिक्तेलस्थित लेखनाथ आचार्य र गोविन्दराज आचार्यको नाममा पानीको मुहानसहित करिब ८० रोपनीभन्दा बढी जग्गा दर्ता भएको पाइएको छ ।


उनीहरूको नाममा भएको कित्ता नं ४४९ मा २५ रोपनी ६ आना , कित्ता नं ४५० मा २४ रोपनी ५ आना र कित्ता नं ४५१ मा २८ रोपनी १३ आना जग्गा दर्ता भएको पाइएको छ । उक्त जगगा २०६६ साल साउन २ गते व्यक्तिको नाममा आएको देखिन्छ । ऊक्त व्यत्तिले आफ्नो नाममा दर्ता गरेकोमध्ये पाँच रोपनी जग्गा दिक्तेलस्थित पञ्च माविलाई दान दिएको र त्यसलाई दर्ता रोका गरिएको नगरप्रमुख रिजालले सुनाए ।


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले रुपाकोट क्षेत्रको पर्यापर्यटन विकासका लागि गुरुयोजना निर्माणको तयारी गरेको छ । यसका लागि गत नगरपरिषदले नीतिगत योजना समेत पारित गरेको छ । उक्त जग्गा बाहेक अन्य पनि दर्ताका लागि कित्ताकाँट गरेको पाइएकाले त्यसबारे समेत अध्ययन भइरहेको नगरप्रमुख रिजालले सुनाए ।


त्यसो त धार्मिक तथा पर्यटकीय मझुवागढी क्षेत्रमा पर्ने बुद्धेश्वर गुफा, कालिका भगवती आसपासको जग्गा व्यक्तिको नाममा भएको खुलासा भएपछि त्यसबारे समेत अख्तियारले छानबिन बढाएको छ । उक्त जग्गा पहिले सरकारी थियो या थिएन भन्ने विषयमा अध्ययन भइरहेको बेला अख्तियारले समेत छानविन बढाएको नगरप्रमुख रिजालले बताए ।


नगरप्रमुख रिजालका अुनसार उक्त क्षेत्रमा बुद्धेश्वर महादेव गुठीको नाममा (कित्ता नं–१०२) १० रोपनी ४ आना देखिन्छ । त्यस्तै देविस्थान सामुदायिक वनको नाममा २ सय ६९ रोपनी ४ आना देखिन्छ । प्राविधिक टोलीको प्रतिवेदनमा सशस्त्र प्रहरी बल हलेसी गुल्मका तत्कालीन डिएस्पी (हाल एसएसपी) कालीदास धौवजी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा ५ का दिनेशकुमार घिमिरेकोनाममा १ रोपनी ९ आना देखिन्छ ।


उक्त जग्गा कित्ता नं ३०३ बाट कित्ता काट गरी ४३८ र ४३९ कायम गरिएको देखिन्छ । यसमध्ये एसएसपी कालिदास चौबजीको नाममा ६ आना र दिनेशकुमार घिमिरेको नाममा १ रोपनी घ आना देखिन्छ । उक्त जग्गा २०६८ कात्तिक ८ गते पास गरेको देखिन्छ । यसक्षेत्रमा सशस्त्र प्रहरी बल हलेसी गुल्मको नाममा पनि थुप्रै जग्गा देखिन्छ । उक्त जग्गा स्थानीयले उपलब्ध गराएका हुन् ।


व्यक्तिको नाममा जग्गा कसरी गयो भन्नेबारे समेत छानबिन हुने नगरप्रमुख रिजालले सुनाए । जग्गावाला दिनेश घिमिरेले भने आफूले पनि व्यक्तिबाटै लिएको बताएका छन् । यसबाहेक कालिका भगवती र बुद्धेश्वर गुफाको नाममा भएको अन्य जग्गा (खेत) पनि विभिन्न व्यक्तिहरूले उपभोग गरिरहेको स्थानीयले बताएका छन् । यसबारेमा पनि नगरपालिकाले अध्ययन गरिरहेको जनाएको छ ।

प्रकाशित : वैशाख १२, २०७६ ०९:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?