कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

किशाेरले गरे बाबुको हत्या

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको सहिदभूमि गाउँपालिकामा एक किशोरले कोदालो प्रहार गरी आफ्नै बाबुको हत्या गरेका छन् । सहिदभूमि गाउँपालिका ४ पिप्लेका स्थानीय १४ वर्षीय विज्ञान राईले शनिबार राति ५५ वर्षीय बाबु इन्द्रबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ । 

घरायसी विवादका कारण शनिबार बेलुकी करिब साढे ७ बजे विज्ञानले बाबुलाई कोदालोको पासोले टाउकोमा प्रहार गर्दा घटनास्थलमा नै मृत्य भएको जनाइएको छ ।


सामान्य विवादमा आवेशमा आएर कोदालो प्रहार गर्दा हत्या भएको प्रहरी चौकी आँखिसल्लाका इन्चार्ज चुडामणि प्रधानले जानकारी दिए ।


घटना लगत्तै छिमेकीको उजुरीका आधारमा प्रहरी चौकी आँखीसल्लाबाट खटिएको प्रहरी टोलीले राति नै अभियुक्तलाई घरबाट पक्राउ गरेको जनाइएको छ ।

प्रकाशित : वैशाख १५, २०७६ ११:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?