२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

विद्यालय छाड्ने बढे

विराटनगर — प्रदेश १ को एक मात्र महानगरपालिका विराटनगरमा बीचैमा पढाइ छाड्ने बालबालिकाको संख्या उच्च देखिएको छ  । विराटनगर महानगरपालिकामा गत वर्ष २ हजार ३ सय ३ जना भर्ना भएका मध्ये १३ प्रतिशत बालबालिकाले बीचमै पढाइ छाडेका छन्  ।

महानगर शिक्षा शाखाको तथ्यांक अनुसार नगरको ५१ वटा सामुदायिक विद्यालयमा १ देखि कक्षा १० सम्म १७ हजार १ सय ५ जना विद्यार्थी भर्ना भएका मध्ये १४ हजार ८ सय २ जना विद्यार्थी मात्र परीक्षामा सामेल भएका छन् ।

सबैभन्दा बढी प्राथामिक तहमा भर्ना भएका विद्यार्थीले विद्यालय छोडेको देखिएको छ । शिक्षा शाखाका अनुसार महानगरले सञ्चालन गरेको भर्ना अभियानमा गत वर्ष कक्षा एकमा १८ सय ४४ विद्यार्थी भर्ना भएका थिए । विद्यालयले लिने वार्षिक परीक्षामा यीमध्ये १४ सय ३ जना मात्रै सहभागी भएका छन् । कक्षा एकमा मात्रै २३ प्रतिशत अर्थात ४ सय ४१ जना विद्यार्थीले बस्चमै पढाइ छाडेका थिए ।

कक्षा दुईमा १७ सय ३५ जना भर्ना भएकोमा १३ सय ८९ जना मात्रै परीक्षामा सहभागि भए । बाँकी ३ सय ४६ जनाले पढाइ छाडे । कक्षा ३ मा भर्ना भएका १६ सय ६३ जना मध्ये १३ जना ८३ जनामध्ये परीक्षामा सामेल भए । बाँकी २ सय ८० जनाले पढाइ छाडे । त्यस्तै कक्षा ४ मा भर्ना भएका १५ सय ८५ मध्ये १३ सय ७५ परीक्षामा सामेल भएको र सय ८२ जनाले बीचमै पढाइ छाडेका छन् । कक्षा ५ मा १४ सय ८१ भर्ना भएका थिए । यी मध्ये १२ सय ९९ जनाले मात्रै वार्षिक परीक्षा दिए । बाँकी १ सय ८२ जनाले बीचैमा पढाइ छाडेको तथ्यांकले देखाएको छ ।


यो तथ्यांकलाई हेर्दा गत वर्ष सञ्चालन गरिएको भर्ना अभियानमा कक्षा १ देखि ५ सम्म भर्ना भएका ८ हजार ३ सय ८ जना मध्ये ६ हजार ८ सय ४९ जना मात्रै विद्यालयको वार्षिक परीक्षमा सामेल भएको देखिएको छ । बाँकी १४ सय ५९ जना बालबालिकाले बीचैमा पढाइ छाडेको देखिएको छ ।


त्यस्तै कक्षा ६ देखि ८ सम्म भर्ना भएका ४ हजार ८ सय ६० मध्ये ४ हजार ३ सय ७७ जना परीक्षामा सामेल भएको र बाँकी ४ सय ८३ जना बालबालिकाले बीचमै विद्यालय छाडेको देखियो । कक्षा ९ र १० मा ३ हजार ९ सय ३७ जना भर्ना भएकोमा ३ हजार ५ सय ७६ जना मात्रै परीक्षामा सहभागि भएका थिए ।

बाँकी ३ सय ६१ जनाले बीचमै पढाइ छाडेको महानगरपालिकाको तथ्यांकले देखाएको छ । महानगरमा रहेका १६ वटा धार्मिक विद्यालयको ६ कक्षादेखि १० सम्म भर्ना भएका ३ सय ९५ जना विद्यार्थीमध्ये शतप्रतिशत विद्यार्थी परीक्षामा सामेल भएका छन् ।

प्रकाशित : वैशाख १७, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?