सन्तान सम्झँदै आश्रममा आमा

'मलाई नहेरे पनि सन्तानलाई आनन्द होस्'
सुम्निमा चाम्लिङ

विश्रान्ति, धनकुटा — छोराछोरीको राम्रो होस् भनेर आशीर्वाद दिएको छु । मलाई नहेरे पनि सन्तानलाई आनन्द होस्,' ९४ वर्षीया जानुका पोखरेलको भनाइ हो यो । ११ वर्षदेखि धनकुटास्थित विश्रान्ति मन्दिरको आश्रममा उनी बस्दै आएकी छन् ।

सन्तान सम्झँदै आश्रममा आमा

उनका ४ छोरी र २ जना छोरा छन् । ३ छोरा, १ छोरी र श्रीमान् गुमाएकी उनी तमोर नदी किनारामा रहेको यस आश्रममा जीवनको उत्तरार्द्ध बिताउँदै छिन् । सन्तान र श्रीमान बित्दाको पीडा भुलाउन साथै भएका छोराले समेत बेवास्ता गरेपटि उनी यहाँ आउन बाध्य भएकी थिइन् ।


'घरमा बस्ने इच्छा थियो नि । तर के गरिखानु । त्यसैले यहाँ आएँ,' उनी भन्छिन्, 'बाँचेका छोरा साथीहरूसँग हेर्न बेलाबेला आउँछन् ।' आमाको मुख हेर्नका लागि भनेर काठमाडौंबाट माइली छोरी निर्मला खतिवडा शुक्रबार आइपुगेकी छन् । 'आफ्नो सन्तान आमा भेट्न आउँदा खुसी लाग्छ नि,' पोखरेलले भनिन्, 'नातिनातिना कोही आउँदैनन्, छोरी भने आउने गर्छे ।'


सन्तानको स्मरण गर्दै उनले भनिन्, 'सन्तानले कहिल्यै दुःख भोग्नु नपरोस् । मेरो यति इच्छा छ ।' मोरङ टाँडीकी ६० वर्षीया सीतादेवी भन्छिन्, 'आमा बित्नुभएको धेरै भयो । मनमा सधै सम्झिरहन्छु ।' उनी ८ वर्षदेखि विश्रान्ति मन्दिरमा बस्दै आएकी छन् । उनलाई माइतीका भाइले यहाँ ल्याइदिएका थिए । 'तीन जना छोरा बिते । श्रीमान पनि बित्नुभयो । त्यसपछि भाइले यहाँ ल्याइदिए,' उनले भनिन्, 'बुहारी र नातिनातिना भेट्न आउँदैनन । माइतीका भाइ भने तिहारमा भेट्न आउँछ । उनीहरू नआए पनि दुःख नपाए हुन्थ्यो ।'


आमाको मुख हेर्ने दिनमा उनलाई समेत सन्तान र आमाको विशेष याद आउने बताइन् । 'मिठो खानेकुरा खुवाउन धेरै मान्छेहरू यस दिन आश्रम आउने गर्छन् । तर आफूलाई भने छोरोछोरीको याद आइरहेको हुन्छ,' उनले भनिन्, 'बाँचुन्जेल सन्तानले दुःख पाएको

सुन्न नपाउँ ।'


आश्रममा बस्दै आएका ७३ वषर्ीया कमला शर्मा दाहालको समेत अरू आमाको जस्तै भनाइ छ । 'आश्रममा बस्ोकाले हर्ष र विस्मात कुनै छैन । तर आफ्ना सन्तान भेट्न आउँदा खुसी लाग्ने रहेछ,' उनले भनिन् । मातातीर्थ आंैसीको एक दिनअघि शुक्रबार उनको छोरी आश्रम आइसकेकी छन् । शनिबार आमाको मुख हेर्ने दिन अर्का छोरीबुहारी र छोरीहरू आउँदै छन् । 'मातातीर्थका दिन मात्र होइन । अरू दिनमा समेत आफ्ना छोराछोरी आउँदा खुशी लाग्छ । आफ्ना मात्र होइन, अरूका सन्तान आउँदा समेत खुसी लाग्छ,' उनले भनिन् ।


आफ्ना बुवाआमा सँगै उनी समेत यस आश्रममा आएकी थिइन् । उनी ३२ वर्षदेखि यहाँ बस्दै आएकी छिन् । आमाबुवा बिते पनि उनी भने यसै आश्रममा बस्दै आएकी छिन् । 'छोराछोरीको सधैं राम्रो होस् । दुःख नपाऊन् । आमालाई सधैं छोराछोरीको भलो भएको देख्न मन हुँदो रहेछ,' उनले भनिन् ।

प्रकाशित : वैशाख २१, २०७६ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?