१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

विराटनगमा प्रदेश राजधानीको सम्पूर्ण संरचना माग गर्दै आन्दोलन

देवनारायण साह

मोरङ — प्रदेश १ को राजधानीका संरचना विराटनगर, इटहरी र सुन्दरहरैंचामा राख्ने प्रस्ताव आइतबार प्रदेशसभामा दर्त्ता भएको विरोधमा सोमबार बिहानैदेखि विराटनगर बन्द गरी स्थानीयवासी आन्दोलनमा उत्रेका छन् । 

विराटनगमा प्रदेश राजधानीको सम्पूर्ण संरचना माग गर्दै आन्दोलन

विराटनगर महानगरवासीले प्रदेश १ को राजधानीको सम्पूर्ण संरचना विराटनगरमा राख्नुपर्ने माग गरी अनिश्चितकालिन बन्दको आव्हान गरेका हुन् । बन्दले जनजीवन प्रभावित भएको छ । यतायातका साधन चल्न सकेका छैनन् । शिक्षण संस्थाहरूले आकस्मिक रूपमा बिदाको घोषणा गरेका छन् । प्रदेश सरकारका मन्त्रालयहरुलगायतका सरकारी कार्यालयमा कामकाज सञ्चालन हुन सकेको छैन ।


प्रदेशसभामा आइतबार दर्ता भएको राजधानी बारेको प्रस्तावमा राजधानी विराटनगर रहने भनिएपनि व्यवस्थापिका, कार्यपालिका विराट क्षेत्र अन्तर्गतका इटहरी, सुन्दरहरैंचा लगायत स्थानमा राख्ने भनिएको थियो ।


त्यसैले विराटनगरबाट राजधानी अन्यत्र लान खोजिएको भन्दै दबाब दिन बन्द आव्हान गरिएको हो । महानगरपालिकाको अगुवाइमा आइतबार अबेर रातिसम्म बसेको सर्वदलीय बैठकले दबाबमूलक आन्दोलन गर्ने निर्णय गरेको थियो ।


आन्दोलनकारीले संसदहरुलाई प्रदेशसभाभित्र प्रवेश गर्न नदिने तयारीका साथ अस्पतालचोक र देवकोटाचोकमा आन्दोलन सशक्त बनाएका छन् ।


प्रदेशसभालगायतका सरकारी कार्यालयहरुलगायत विराटनगरभरी कुनै किसिमको अप्रिय घटना हुन नदिन व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । बैठकले डा. भेषप्रसाद धमालको नेतृत्वमा २ सय सदस्यीय दबाब समूह गठन गरेको छ । दबाब समूहमा नेकपा बाहेकका सबै दलको प्रतिनिधित्व रहेको छ ।


प्रदेशसभामा हिजो राजधानीका लागि चारवटा प्रस्ताव दर्ता भएका थिए । कांग्रेसको अगुवाइमा विराटनगरलाई नै राजधानी तोकिनुपर्ने प्रस्ताव दर्ता भएको छ । यसैगरी धनकुटाका सांसदहरूले राजधानी धनकुटा बनाउनुपर्ने भन्दै दुई छुट्टाछुट्टै प्रस्ताव संसदमा दर्ता गराएका छन् ।

प्रकाशित : वैशाख २३, २०७६ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?