१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भौतिक अवस्था फेरियो, पढाइको गुणस्तर उस्तै

सामुदायिक विद्यालय
सुम्निमा चाम्लिङ

इटहरी — इटहरी उपमहानगरपालिकामा रहेको सरस्वती सतन मावि सबैभन्दा पुरानो सामुदायिक विद्यालय हो । विसं २००७ मा स्थापना भएको यस विद्यालयमा करिब डेढ दशक अघिसम्म कक्षाकोठामा भरिभराउ विद्यार्थी हुन्थे । कालोपाटीमा सेतो चकले लेखिन्थ्यो ।

भौतिक अवस्था फेरियो, पढाइको गुणस्तर उस्तै

अचेल अवस्था फेरिएको छ । कालोपाटी 'हाइट बोर्ड' मा फेरिएको छ । सेतो चकको ठाउँमा मार्कर प्रयोग हुन थालेको छ । तर पहिले खचाखच विद्यार्थी हुने यो विद्यालयमा विद्यार्थीको संख्या भने घट्दो छ ।


यस विद्यालयबाट कखरा सिकेका विद्यार्थी विभिन्न क्ष्ाेत्रमा स्थापित भइसकेका छन् । विद्यालयका प्राचार्य बासुदेव कर्णका अनुसार यस वर्ष करिब साढे ५ सय विद्यार्थी भर्ना भएका छन् । डेढ दशकअघि यस विद्यालयमा करिब सात सय विद्यार्थी अध्ययन गर्थे । पुरानो भौतिक संरचना भएका कारण आठ वटा कक्षाकोठा र कर्बड हल हाल निर्माणको चरणमा छ ।


सामुदायिक विद्यालयको शैक्षिकस्तर वृद्धि हुन नसक्नुमा अभिभावकको भुमिका समेत कमजोर रहेको बताउँदै प्राचार्य कर्णले भने, 'अभिभावक जागरुक देखिनुहुन्न । छोराछोरीलाई पढाउनुपर्छ भन्ने भावना कम छ ।' अभिभावकलाई जागरुक बनाउने प्रयासमा विद्यालय जुटेको उनले बताए ।


विद्यालयमा विषयगत शिक्षक नहुँदा पठनपाठनमा समेत प्रभाव पारेको छ । 'शिक्षक दरबन्दी भएपनि विषयगत शिक्षकको दरबन्दी छैन । दरबन्दी मिलान ठुलो चुनौती छ,' उनले भने । संघिय शिक्षा ऐन नबनेको कारण कुन काम कसले गर्ने भन्ने अधिकार स्प्ाष्ट हुन सकेको छैन । 'शिक्षाको अधिकार स्थानीय सरकारलाई भन्छ । स्थानीयले संघलाई भन्छ । अन्यौलताको कारण दरबन्दी मिलान हुन नसकेको हो,' उनले भने । स्थानीय सरकारले सामुदायीक शिक्षाको सुधारका लागी थालेको प्रयास निकै प्रभावकारी भएको उनी बताउँछन् ।


'सुचना सञ्चार प्रविधिमार्फत विद्यालयको मोनीटरिङ हुन थालेपछी शिक्षक नियमित उपस्थित हुन थालेका छन् । पठनपाठन समेत सुध्रीएको अवस्था छ ।' उनले भने । शिक्षकलाई समयसमयमा आवश्यक तािलम प्रदान गर्न सके र विद्यालयको भौतिक पूर्वाधारमा ध्यान दिन सके विद्यार्थीको संख्या बढाउन सकिने उनको भनाई छ ।


कविर मावि वि.स २०४५ सालमा स्थापना भएको हो । यस विद्यालयमा हाल ४ सय ६८ जना विद्यार्थी रहेका छन् । यस व्ािद्यालयमा अढाई दशक अघि सम्म कक्षाकोठामा विद्यार्थीको संख्या निकै हुने गरेको थियो । आजको अवस्थ्ाामा भने विद्यार्थीको संख्या घटेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुको कारणबारे प्राचार्य तथा नगर शिक्षा समिति सदस्य मिनु न्यौपानेले भनिन्, 'शहरमा धेरै प्राईभेट स्कुल भएर हुन सक्छ । गाउँमा अझैपनी सामुदायीक विद्यालयमा पढ्नै विद्यार्थी धेरै छ ।'


सामुदायीक विद्यालयमा भर्ना गर्दा धेरै विद्यार्थी हुने गरेपनी अन्य बेला विद्यर्थीको संख्या कम हुने गरेको बताउदै उनले भनिन्, 'हाम्रो विद्यालयमा विद्यार्थीको संख्या ठिकै हो । कक्षाकोठाको क्षमता कम भएकाले कतिपय विद्याथ्र्ाी लिन सकेका छैनौ ।'

अभिभावकहरूले नानीहरूलाई निजी विद्यालयमा कक्षा ५ सम्म पढाउने चलन रहेका कारण यस विद्यालयमा प्रावि तहमा भन्दा निमावि तहमा धेरै विद्यार्थी भर्ना हुने गरेको छ । नगर शिक्षा समिती गठन भएसंगै सामुदायीक विद्यालयमा नियमित अनुगमन हदा शैक्षिक सिकाई प्रभावकारी भएको उनले बताइन् ।


'गणित र अंग्रेजी विषयका शिक्षक आवश्यक छ । शैक्षिक योग्यता पुगेको भएपनी दरबन्दी छैन । त्यसैले निमावि तहका शिक्षकले मावि तहमा पढाईरहेको अवस्था छ ।' प्राचार्य न्यौपानेले भनिन्, 'शिक्षा ऐन बाझिएको अवस्था छ । त्यसैले जिम्मेवारी कसकाे भन्ने अन्यौलता देखिएको छ ।'


बुढीगंग्ाा आधारभुत विद्यालय विस २०४९ सालमा स्थापना भएको हो । यस विद्यालयमा हाल १ सय ५० जना विद्यार्थी भर्ना भएका छन् । स्थ्ाापना भएताका करिब हालको भन्दा दोब्बर विद्यार्थी हुने गरेको प्राचार्य तारा फुयालले बताईन् । सुकुम्बासी बस्ती क्षेत्रमा संचालित यस विद्यालयमा बसाईसराईको कारण विद्यार्थीको संख्या फेरबदल हुने गरेको उनले बताईन् ।


सामुदायीक विद्यालयमा राजनिति बढी गरेको कारण शैक्षिक स्तर वृद्धि हुन नसकेको उनी बताउछीन् । सामुदायीक विद्यालयलाई समाजले हेर्ने दृष्टिकोण बदल्न नसक्ने हो भने विद्यार्थीको संख्या क्रमश घट्दै जाने उनले बताइन् । 'कार्यपालिकाबाट प्रविधीको माध्यमबाट विद्यालय निगरानी भएपछी शिक्षकको बानीमा परिवर्तन आएको छ । शिक्षकको कमजोरीको कारण समेत विद्यालयको स्तर सुध्रन सकेको थिएन' उनले भनिन् ।


स्थानीय सरकारले भौतिक पूर्वाधार,खाजाघर निर्माण र प्राविधिक सहयोग गरिदिए सहज हुने उनले बताईन् । उनका अनुसार विद्याथ्र्ाी संख्या भन्दा कक्षाकोठा अनुसार आवश्यक शिक्षक दरबन्दी हुन जरुरी छ । समयसमयमा शिक्षकलाई मोटिभेसन र प्राविधिक ज्ञान दिन सके विद्यालयको स्तर उकास्नमा मदत पुग्ने उनको भनाई छ ।


अभिभावक माया राईले सामुदायीक विद्यालयमा विद्यार्थीको आर्कषण बढाउनका लागी शैक्षिक गुणस्तरमा वृद्धि गर्न सक्नुपर्ने बताईन् । 'सामुदायिक विद्यालयमा राम्रो पढाई हुन्छ भन्ने अभिभावकमा विश्वास दिन सक्नुपर्छ । कक्षाकोठा शौचालय खानेपनी जस्ता कुरामा समेत ध्यान दिनुपर्छ' उनले भनिन् ।


शिक्षाको सुधारको लागी नगरले विभिन्न योजनाहरू अघि बढाएको शिक्षा तथा खेलकुद महाशाखा प्रमुख अम्बिका कुमारी शाहले बताईन् । 'ईटहरीका सामुदायीक विद्यालयमा दुर अवलोकन पद्धती जडान गरेका छौ । यस पद्धती मार्फत कार्यपालिकाबाट विद्यालयको सम्पुर्ण निगरानी गर्न सकिन्छ ।


जसका कारण पठनपाठन नियमीत हुने गरेको पाइएको छ' उनले भनिन् । इटहरीका पाच वटा आधारभुत विद्यालयलाई छनोट गरी सुचना संचार प्रविधिको प्रयोग मार्फत अंगे्रजी विषय पढाउने शिक्षकलाई आवश्यक तालिम प्रदान गर्ने योजना बनाएको छ । शिक्षक दरबन्दी सामुदायिक विद्यालयको मुख्य समस्या भएको उनी स्वीकार्छिन् । 'अधिकांश विद्यालयमा दरबन्दी छैन । मुस्किलले निजी स्रोत र राहतबाट चलाउनुपरेको अवस्था छ ।'


उनले भनिन्, 'विद्यालय अपग्रेड हुदै गयो । दरबन्दी भने पाईएन ।' दरबन्दी नदिई विद्यालय अपगे्रड गरिदा सामुदायीक विद्यालयको स्तर घटै गएको उनले बताईन् । 'शिक्षक नियुक्ती,सरुवा गर्ने स्थानीय सरकारको कार्यविधीमा रहेको छ । तर केन्द्रले भर्खर परिपत्र गरेर सम्पुर्ण अधिकार जिल्ला समन्वय समिति केन्द्रमा रहने बताएको छ ।


जसका कारण काम गर्नलाई अन्यौल भएको छ ।' उनले भनिन् । शिक्षा विकाश तथा समन्वय ईकाई सुनसरीका अनुसार कुल ३ सय ७९ वटा सामुदायीक विद्यालय रहेका छन् । जसमध्ये प्रावि २ सय १३, निमावि ६९,मावि ५५ र उच्च मावि ४२ वटा रहेका छन् । सुनसरीमा बालविकाश केन्द ७ सय ६४ वटा रहेको कार्यालयले जनाएको छ । शिक्षा विकाश तथा समन्वय ईकाई सुनसरीका शाखा अधिकृत निर्मल निरौलाले पाच वटा सामुदायीक विद्यालय खारेज भएको बताए ।


गंगा सामुदायीक विद्यालय अमाहीबेला, सरस्वती मावि भुटाहा, आर्दश प्रावि नरसिंह, नरसिंहनाथ प्रावि नरसिंह, दलित उत्थान प्रावि नरसिंह गरी पाच वटा विद्यालय बन्द भएका हुन् । विद्यार्थी संख्या कम भएका ९ वटा सामुदायीक विद्यालयलाई भने अन्य विद्यालयमा समायोजन गरिएको छ ।

प्रकाशित : वैशाख २७, २०७६ १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?