कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

कोसी बाढीपीडित र सुकुम्बासी नमुना बस्ती बन्दै

सुम्निमा चाम्लिङ

इटहरी — सुनसरीको रामधुनी नगरपालिकामा ‘प्याब्सन नमुना बस्ती’ निर्माण हुने भएको छ । निजी विद्यालयको छाता संगठन प्राइभेट एन्ड बोडिङ स्कुल्स् अर्गनाइजेसन (प्याब्सन) ले वडा ८ बानडाँडामा बस्ती निर्माण गर्न लागेको हो । आइतबार प्याब्सन नमुना बस्तीको शिक्षा मन्त्री गिरिराजमणि पोखरलले शिलान्यास गरे । 

कोसी बाढीपीडित र सुकुम्बासी नमुना बस्ती बन्दै

नेपालभरका निजी विद्यालयबाट संकलित डेढ करोड रकमबाट बस्ती निर्माण प्रक्रिया सुरु भएको हो । रामधुनी नगरपालिकाले प्याब्सन नमुना बस्तीका लागि एक बिघाजग्गा उपलब्ध गराएको छ । बस्तीमा पहिलो चरणमा २५ घर निर्माण हुने जनाइएको छ । कोशी बाढीपिडीत तथा सुकुम्बासीबाट छनोटमा परेका परिवारलाई बस्तीका घर हस्तान्तरण गरिनेछ । आउदो दसैसम्म बस्ती निर्माण सम्पन्न हुने प्याब्सनले जनाएको छ ।


दुई कोठा, एक भान्साघर, शौचालय र बरन्डा भएको एकतले घर बन्नेछ । बस्तीमा बिजुली र खानेपानीको सुविधा उपलब्ध हुनेछ । बस्ती निर्माण शिल्यानास पछि शिक्षामन्त्री पोखरेलले प्याब्सनले बस्ती निर्माण गरेर उदाहरणीय कार्य गरेको बताए । उनले भने, ‘घर बनाउनका लागी मात्र नभएर बस्नलायक होस् ।’ निजी विद्यालयले २१ प्रतिशत विद्यार्थीलाई पढाएर राज्यलाई सहयोग गरेको बताए । ‘त्यति निराश हुने अवस्था छैन । संविधानको मर्मभन्दा सरकार र निजी क्षेत्र बाहिर जान पाइँदैन,’ उनले भने, ‘अभिभावकले विद्यालय छनोट गर्न पाउनुपर्छ । तर सरकारको कर्तव्य भनेको सार्वजनिक शिक्षालाई सबलीकरण गर्नु हो ।’


गुणात्मक शिक्षाको फ्रेमर्वक बनाउँदा समान हुनुपर्नेमा उनको भनाइ थियो । ‘घोकाएर पढाएर ३ घण्टाको परीक्षा कतिको जायज हो ? त्यसबाट उन्मुक्ति हुनुपर्छ’ उनले भने । प्रविधीको माध्यमबाट विद्यार्थीले चाडो सिक्न सक्ने भएकाले प्राविधि शिक्षामा जोड दिन उनले आग्रह गरे । प्याब्सनका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले शिक्षाभन्दा बाहिर सामाजिक क्षेत्रमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे । ‘आगामी दीपावलीसम्म घर हस्तान्तरण गरी सँगै दीपावली मनाउने छौं,’ उनले भने ‘त्यसैले काम तीव्र गतिमा अघि बढ्नेछ ।’


शिक्षा लिनका लागि बाहिर जाने अवस्थालाई निजी विद्यालयले हटाएको दाबी गरे । छात्रवृति पारदर्शी हुन नसकेको निजी विद्यालयलाई आरोप लागेको अवस्थामा उनले भने, ‘आउँदो असार मसान्तसम्म देशभरिका निजी विद्यालयहरूको छात्रवृति रेकर्ड सार्वजनिक गर्दैछौं ।’ महेन्द्र राजमार्गको उतरी क्षेत्र र तराईका विकट क्षेत्रमा छात्रवृत्ति बढाउने योजना रहेको बताए । राज्यको सहयोगी भएर निजी विद्यालय काम गर्न इच्छुक रहेको बताउँदै उनले भने, ‘हामी सरकारसँग सहकार्य गर्न चाहन्छौ । तर स्वामित्व पाउनुपर्दछ ।’


रामधुनी नगरपालिकाका मेयर जयप्रकाश चौधरीले शिक्षा नीति स्पष्ट नहुँदा काम गर्न कठिनाइ भएको बताए । ‘नितिगत समस्या चाडो समाधान हुनपर्छ । शिक्षा निती विभेदकारी जस्तो लाग्छ ।’ उनले भने । प्याब्सनले रामधुनी नगरपालिकामा बस्ती निर्माण गरिदिएकोमा आझार व्यक्त गरेका छन् । कार्यत्रममा कृषि तथा पशुपंक्षी राज्यमन्त्री रामकुमारी चौधरी, १ नं प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरे लगायतको सहभागिता थियो ।

प्रकाशित : वैशाख ३०, २०७६ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?