१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

प्रदेशस्तरीय बहुभाषिक संगीत उत्सव

सुम्निमा चाम्लिङ

इटहरी — नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र संगीत साधना प्रतिष्ठान नेपाल ईटहरीको सहआयोजनामा भएको प्रदेश १ स्तरीय बहुभाषिक संगीत उत्सवमा थुप्रै कलाकारले भाषिक गीत गाए ।

प्रदेशस्तरीय बहुभाषिक संगीत उत्सव


गाकिन है गाकिन गाकिन गाकिन
सिङकौली सेवली सेलेले, शिल पन लै लै फेलेले
गाकिन है गाकिन गाकिन ।
सुरोम भुयादर शिलपाई,
आम कुली मूली सेवौ पाई
ईमर पति विमर प्रति वाई स्यामी,
छेसि याव्रो परमामी थर पुकि कारमामी।
नेपाली भाषामा अनुवाद,
जय सेरगेम जय जय, नाचिमा जाउजाउ जाहाजैमा
चन्डि देवो नाच नाच्दै, कुलो मुली सेवा ढोग गर्दै
कुल फूल मूल फूल राखेर, कुल देवतामा सबै थरी बसेर
जय सेरगेम जय जय ।
पाँचथरका उदय किरात कोईचले सुनुवार राई भाषाका गीत प्रस्तुत गरे ।
आफ्नो भाकामा उनले कुल देवतालाई सम्झेर आर्शीवाद मागेका छन् ।
बापोई चेगेरा रे गाछत चरिचे दुईटा
जलपोई पाराया दे
तह दुईटा ले रे बोपोई,मक दुईडा दे
आर दुईडा देरे बापोई छुवालार बादे
बापोई
नेपाली अनुवाद,
ए केटाहरू हो, रुखमा चढेर दुईवटा जलपाई टिपी देउ
तिमीलाई दुईवटा र मलाई घर लैजान दुई वटा फाल्तु टिप
जलपाईको अचारले भात खान साह्रै स्वादिलो हुन्छ ।

यस्ता अर्का गायक झापाका सुनिन राजवंशीले भने मायाप्रितीका गीत गाए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र संगीत साधना प्रतिष्ठान नेपाल ईटहरीको सहआयोजनामा भएको प्रदेश १ स्तरीय बहुभाषिक संगीत उत्सवमा उनी जस्ता थुप्रै कलाकारले भाषिक गीत गाए । विभिन्न जातिको भाषिक परम्परागत गीत संगीतको संरक्षण तथा बहुभाषिक गीत संगीतको विकासमा टेवा पुर्याउने उद्देश्यले उत्सवको आयोजना गरिएको थियो । इटहरीको तायाररिप्ची भवनमा गत शनिबार भएको उत्सवमा प्रदेश १ का मुख्य मन्त्री शेरधन राई थपडी मार्दै रमाईरहेका थिए । प्रदेश १ मा बोलिने मौलिक भाषाका गीतहरू पहिलोपल्ट प्रस्तुत भएको हो ।

उत्सवमा अधिकांश कलाकार युवा देखिए । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद सदस्य, संगीत विभाग प्रमुख तथा बहुभाषिक उत्सवका संयोजक अशोक राईले नेपालमा बोलिने सबै भाषाको उत्थान गर्ने उद्देश्यले उत्सवको आयोजना गरिएको बताए ।नेपालमा बोलिने मौलिक भाषाहरू लोपन्मुख अवस्थामा रहेको बताउँदै उनले भने, ‘मौलिक गीत संगीतलाई मूलधारको संगीतसँगै लानुपर्छ भन्ने हो ।’ उत्सवमा नयाँ पुस्ताले कम्पोज गरेको भाषाका गीतहरू समेत प्रस्तुत भएको बताए । कार्यपत्रको आधारमा पुस्तक प्रकाशन गर्ने प्रतिष्ठानको योजना छ ।

मुख्यमन्त्री राईले भाषा संरक्षणका लागी उत्सवले महत्व राख्ने बताए् । भाषा संरक्षण गर्न नसके जिवित रहन नसक्ने उनको भनाइ थियो । समृद्ध नेपाल र सुखी नेपाली भन्ने सरकारले ल्याएको लक्ष्य पुरा हुनका लागी विभिन्न जातकिो मौलिक संस्कार, संस्कृति, भाषाको संरक्षण हुन नसके अपुरो हुने बताए । ‘जातीय र पहिचान झल्कने महासंग्रहालयका लागी प्रदेश सरकारले जग्गा खोजी गरिहेको छ । आवश्यक कार्यदल बनाउँदैछौ ।’ आगामी आर्थिक वर्षबाट सुरु हुने महासंग्रहालय प्रदेश १ को पहिचान झल्कने खालको हुने उनले बताए ।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सदस्य सचिव श्याम तमोटले भाषिक गीत संगीतको प्रवर्द्धनका निमित उत्सवको आयोजना गरिएको बताए । भाषिक गीतहरू आधुनिक लय र बाध्य यन्त्रमा गाउँदै युवाहरूलाई आकर्षण गर्न सक्नुपर्ने उनको भनाई थियो । ‘हाम्रा युवापिढीहरू विदेशी भाषाप्रति आर्कषित भएको छ । हामीले पनी युवाहरूलाई आकर्षण गर्न सक्ने खालका भाषिक गीतहरू बनाउन सक्नुपर्दछ । जस्ले गर्दा भाषा जर्गेना हुन सक्छ’ उनले भने । पहिलोपटक आयोजना गरिएको उत्सवमा लयलाई भन्दा भाषालाई जोड दिएको उनले बताए ।

‘आधुनिक गीतको लयलाई टिप्दा अहिलेका युवा पुस्ता आर्कषित हुने भए । त्यसैले लयलाई भन्दा भाषालाई जोड दिएका हौं,’ उनले भने । युवाहरूको बाक्लो सहभागी देख्दा भाषिक गीतसंगीतमा युवाहरू रमाउने गरेको उनको ठम्याइ छ । लोक गायिका सत्यकला राईले उत्सवको माध्यमबाट देशमा भएका मौलिक गीत,संगीतको उजागर हुने बताईन् । उत्कृष्ट भाषिक गीतहरू भएपनी प्रवर्द्धन हुन नसकेको अवस्थामा उत्सवले ठुलो टेवा पुग्ने बताईन् ।

प्रदेश १ मा रहेका १४ जातिका १८ वटा भाषाको गीतहरू प्रस्तुत भएको थियो । राजवंशी, बान्तवा राई, उराव, थारु, मगर, दुमी, लिम्बु, शेर्पा, सुनवार, चाम्लिङ, आठपहरिया, नेपाली भाषीका गीत समावेश भएका थिए । कुल ६ लाखको लागतमा सम्पन्न उत्सवमा ४ सय बढी प्रतिनिधिहरू सहभागी थिए ।

प्रकाशित : जेष्ठ २, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?