३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

संरक्षण नाममा खर्च मात्र

डिल्लीराम खतिवडा

उदयपुर — रौतापोखरी संरक्षण र पर्यटन विकासका नाममा दुई दशकयता करोडौं लगानी भइसकेको छ । पर्यटकीय तथा धार्मिकस्थल रौतापोखरीको अवस्था भने सुधार हुन सकेको छैन ।

संरक्षण नाममा खर्च मात्र

रौतामाई गाउँपालिका ६ स्थित रौतापोखरीको विकास भन्दै विभिन्न संस्थादेखि स्थानीय, प्रदेश र संघीय सकारले समेत लगानी गरिरहेका छन् । बर्षेनी हुने खर्चले पोखरीको मुहारमा परिर्वतन गर्ने भनिएपनि झनै कुरुप हुँदै गएको छ ।


त्यहाँ पुग्ने सडकको स्तर उन्नति हुन नसक्दा रौतापोखरी जाने पर्यटकले सास्ती खेप्नुपरेकेा छ । हालैमात्र १ नम्वर प्रदेश सरकराले ५०, संघीय सरकारको पर्यटन प्रवर्द्धनका लागि २० लाख रुपैयाँ र स्थानीय सरकारले समेत गर्ने झण्डै १ करोड रुपैयाँ खर्च पोखरीको नाममा हँुदै छ । प्रदेश र संघीय सरकारले पोखरीको विकारका लागि भन्दै जेठ लागेपछि ७० लाख रुपैयाँ दिइएको रौतामाई गाउँपालिकाले जनाएको छ ।


रौतापोखरीको विकास गर्ने भन्दै सरकारी तथा गैरसरकारी संस्थाले दुई दशकयता ५ करोड ५० लाख भन्दा बढी रुपैयाँ खर्च गरिसकेको देखिन्छ । पोखरीको वरिपरि झण्डै दर्जन बढी सूचना बोर्ड राखिएको छ । सरकारी तथा गैरसरकारी संघसंस्थाले राखेका ती बोर्डमा आफूले पोखरीका लागि गरिएको रकम उल्लेख गर्दै विकास गरेकेा ढाडसमात्रै दिने गरेकेा स्थानीय बताउँछन् ।


'पोखरीको नाममा बर्षेनी आउने रकमले वरिपरि श्रृंगारपटार गरेको भन्दै खर्च हुने गरको छ ' स्थानीय गंगा रानामगरले भने, 'टालटुले तालले पोखरी संरक्षण हुँदैन ।' समुद्र सतहदेखि ५१ सय फिटको उचाइमा रहेको रौतापोखरी क्षेत्र प्राकृतिक छटाले भरिपूर्ण मनोरम स्थलमात्र नभई प्रसिद्ध धार्मिकस्थल हो ।


उदयपुर सदरमुकाम गाईघाट बजारबाट ४४ किलोमिटर उत्तर पहाडी क्षेत्रमा पर्ने रौता पोखरी धार्मिक आस्थाको केन्द्र र प्राकृतिक रमणीय दृश्यहरूले भरिपूर्ण भएकै कारण पर्यटकीय क्षेत्र बन्ने प्रशस्त सम्भावना छ ।


बिनागुरुयोजना खर्च गरिएको रकम कसले, के कति काम गर्‍यो र के उपलब्धि भयो भन्ने कुनै लेखाजोखा छैन । प्राकृतिक रुपमै सुन्दर रौता पोखरीमा भौतिक संरचना निर्माणमा खर्च गर्नुभन्दा पनि मुख्य पूर्वाधारका रूपमा सडकको स्तरोन्नति गर्न सके रौताको पर्यटन विकास आफैं हुनेमा स्थानीय ढुक्क छन् । 'रौता पोखरीको पर्यटन विकास गर्ने हो भने बाह्रै महिना यातायातका साधन चल्न सक्ने बनाउन आवश्यक छ,' स्थानीय स्तरमा होमस्टे सञ्चालन गर्दै आएका विजय राईले भने, 'गुरुयोजना निर्माण गरी रौतालाई थप व्यवस्थित गर्न जरुरी देखिन्छ ।' तर गुरुयोजना अहिलेसम्म कागतमै सीमित हुँदा रौतापोखरी सवैको मागी खाने भाडो भएको उनले वताए ।


भौतिक पूर्वाधार र सडकको स्तर बृद्धि हुन नसक्दाँ पर्यटकीय स्थल ओझेलमा परेकोमा स्थानीय चिन्तित देखिन्छ । तर पर्यटन क्षेत्रको विकासका नामा बेलामा बेलामा सरकारी तथा गैरसकारी क्षेत्रले ल्याउने योजनाले समेत नसमेटदाँ रौतापोखरी अझै ओझेलमै परेको छ । पूर्वाधार विकासमा सम्बन्धित निकायले खासै चासो नदेखाएको स्थानीय बताउँछन् ।


रौतापोखरीसम्म कच्ची सडक पुगेको छ । तर व्यवस्थित नहुँदा सवारी साधन सञ्चालन समस्या छ । सडक संजालले छोएपनि अन्य पूर्वाधार नहँुदा पर्यटकीय क्षेत्रमा पर्यटको खासै चहल पहल हुँदैन ।


'पर्यटकीय क्षेत्र भएर मात्रै हुँदैन,' होमस्टे सञ्चालक समितिका अध्यक्षसमेत रहेका राईले भने, 'त्यसको विकासका लागि पर्यटक चाहिन्छ ।' पर्यटक ल्याउन पूर्वाधार चाहिन्छ, स्थानीय सहयोगले मात्रै पूर्वाधार तयार गर्न गार्‍हो हुने उनले बताए । 'पर्यटनका लागि प्रचुर सम्भावना बोकेको रौतापोखरीको संरक्षणमा करौडौ खर्चे पनि खासै परिर्वतन भएको देखिएन,' रौता पोखरीमा घुम्न आएका झापाकी निरुपामा खरेलले भनिन्, 'वर्षेनी हजारौं आन्तरिक पर्यटक आउने यी स्थल जोड्ने कच्ची सडकको स्तर उन्नति गरिएनको रहेनछ ।' सडकको स्तर उन्नति र भौतिक पूर्वाधार तयार भएको भए पर्यटक प्रशस्तै आउने उनले बताए ।


प्राकृतिक छटाले भरिपूर्ण रौतापोखरी पूर्वकै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल बन्ने सम्भावना बोकेको छ । यी पर्यटकीय स्थल विकासका लागि पहिलो आवश्यकता सडक सञ्जाल विस्तार हो । सडकको स्तर उन्नति गर्न सडक विभाग र पर्यटनसँग सम्बद्ध निकायले चासो नदिँदा जिल्लाका पर्यटकीय स्थलमा आइपुग्न स्वदेशी र विदेशी पर्यटकलाई समस्या हुने गरेको खरेलले बताइन् । रौतापोखरीको प्रर्वद्धन र विकास गरिने खर्च गर्न गाउँपालिकाको स्विकृत लिनुपर्ने रौतामाई गाउँपालिका प्रमुख गजेन्द्रबहादुर खड्काले बताउँदै आएका थिए ।

प्रकाशित : जेष्ठ ४, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?