२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

दार्जिलिङ विधानसभा उपनिर्वाचनका कारण नाका सिल

पर्वत पोर्तेल

काँकडभिट्टा — आइतबार हुने दार्जिलिङ विधानसभा उपनिर्वाचनका कारण शनिवार साँझ ६ बजेदेखि नेपाल-भारत सीमा नाका सिल हुने भएको छ । तत्कालीन विधानसभा सदस्य अमरसिंह राईले राजीनामा दिएपछि उपनिर्वाचन गर्न लागिएको हो ।

दार्जिलिङ विधानसभा उपनिर्वाचनका कारण नाका सिल

इलाका प्रहरी कार्यालयका काँकडभिट्टाका डिएसपी महेश थापाले झापाको काँकडभिट्टा-पानीट्यांकी र इलामको पशुपति-मिरिक नाका दुई दिन बन्द बताए । उनका अनुसार शनिवार साँझ बन्द भएर सोमबार बिहान मात्रै नाका पुनः सञ्चालनमा आउने छ ।


भारतीय सुरक्षा अधिकारीले खुला नाकाका कारण निर्वाचनमा हुन सक्ने अवान्छित गतिविधि नियन्त्रणका लागि बन्द गर्नु परेको बताएका छन् । 'आइतबार नाका ठप्प रहने छ', ती अधिकारीले भने,'सवारी साधन र मानिस आवागमनमा समेत रोक लगाइने छ ।'


प्रकाशित : जेष्ठ ४, २०७६ १४:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?