३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

छुरा प्रहारबाट युवकको हत्या 

धनकुटा — धनकुटाको महालक्ष्मी नगरपालिका २ मारेककटहरेमा छुरा प्रहारबाट आइतबार बिहान एक युवकको हत्या भएको छ । 

छुरा प्रहारबाट युवकको हत्या 

महालक्ष्मी २ डाँडागाउँका २२ वर्षीय सन्तोष थम्फरा लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ ।


गाउँमा लागेको चण्डी पूणिर्मा मेलामा भेला भएका दुई पक्षबीच विवाद हुँदा स्थानीय २५ वर्षीय घनेन्द्र लिम्बुले छुरा प्रहार गरेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।


बिहान करिब ५ बजे भएको घटनामा सन्तोषको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । हत्यामा संलग्न एकजनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए । घटनामा संलग्न अन्य दुईजना भने फरार रहेको प्रहरीले उल्लेख गरेको छ ।


यसैबीच, उक्त स्थानमा औपचारिक रुपमा नगरपालिका तथा स्थानीय प्रशासनलाई अगि्रम जानकारी नगरी मेला लगाएको पाइएको नगरपालिकाका प्रमुख पर्शुराम नेपालले बताए ।

प्रकाशित : जेष्ठ ५, २०७६ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?