टिपर दुर्घटनामा दुईजनाकाे मृत्यु          

डिल्लीराम खतिवडा

उदयपुर — सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड अन्तर्गत ‍कटारी नगरपालिका १४ घुर्मी रानी डाँडामा आइतबार बिहान टिपर दुर्घटना हुँदा सहचालकसहित दुईजनाको मृत्यु भएको छ ।

टिपर दुर्घटनामा दुईजनाकाे मृत्यु          

ना७ ख ७००० नम्बरको टिपर अनियन्त्रित भएर दुर्घटना हुँदा सिन्धुलीको दुधौली नगरपालिका ११ बस्ने सहचालक २० वर्षीय लिलाबहादुर सार्की र सोही टिप्परमा सवार कटारी नगरपालिका ५ भोर्ले बस्ने ३० वर्षीय डिक बहादुर बुढाथोकीको घटनास्थलमै मृत्यु भएको हाे ।


टिपर रानी डाँडाबाट करिब १ किलो मिटर तल खसेको छ भने मृतकहरुको शव करिब ७ सय मिटरमा अड्किएका थिए । टिपर टुक्रा टुक्रा परेको अवस्थामा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका इन्चार्ज दिनेश कुमार चौधरीले जानकारी दिए ।


शव निकाल्नको लागि कटारीबाट प्रहरी परिचालन गरिएको इन्चार्ज चौधरीले बताए । उनका अनुसार टिपर चालक मृतक सहचालकका बुबा हर्क मिजार सार्की हाम फालेर बाँचेका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७६ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?