हत्यारालाई कारबाही माग्दै प्रदर्शन

पाँचथर — घाँटी रेटेर हत्या गरिएकी १५ वषर्ीय शीतल योङहाङका हत्यारा पक्राउका लागि दबाब दिँदै विद्यार्थीले सोमबार प्रदर्शन गरेका छन् । हिलिहाङस्थित सिद्ध मावि पञ्चमी कक्षा १० मा अध्ययनरत योङहाङको हत्या भएको ८ दिन बितेको छ ।

यो अवधिसम्म हत्याका योजनाकार भनिएका फाल्गुनन्द २ का पदम तामाङ पक्राउ नपरेको भन्दै विद्यार्थीर्ले सदरमुकामम फिदिममा प्रदर्शन गरेका हुन् । उनीहरूले जिल्ला प्रहरी कार्यालयअघि धर्ना समेत दिए ।


पाँचथर बहुमुखी क्याम्पबाट निस्केको विद्यार्थीको जुलुसले हत्यारा पक्राउ गर र हत्यारालाई कारबाही गरजस्ता नारा लेखिएका प्ले कार्ड र ब्यानर बोकेर फिदिम बजार परिक्रमा गरेका थिए । जिल्ला प्रहरी कार्यालय अघि पुगेर नारा लगाए ।


प्रहरी कार्यालयको मूलगेट अगाडि नै कोण सभा गरे । विद्यार्थी नेताहरूले हत्यारा पक्राउ नपरेसम्म आन्दोलन जारी रहने उद्घोष गरे ।


योङहाङको वैशाख २९ गते घरनजिकै घाँटी रेटेर हत्या गरिएको थियो । पहिल्यै चिनजान रहेका पाँचथर फाल्गुनन्द २ का पदम तामाङ र भगिरथ बाँस्तोलाले बलात्कार प्रयास गर्दा सफल नभएपछि हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । बाँस्तोला वैशाख ३० गते पक्राउ परे पनि तामाङ फरार छन् ।

प्रकाशित : जेष्ठ ६, २०७६ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?