कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

खोलामा डुबेर दुई बालकको मृत्यु

धनकुटा — यहाँको महालक्ष्मी नगरपालिकास्थित लेगुवा खोलामा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महालक्ष्मी नगरपालिका २ का १२ वर्षका गौरव लुङ्गेली मगर र वडा नं.३ का १४ वर्षीय अमिर मगर रहेको प्रहरीले जनाएको छ । 

नगरपालिकाको २ र ३ वडाको सिमनामा पर्ने उक्त खोलामा सोमबार अपरान्ह नुहाउने क्रममा उनीहरु डुबेका थिए । पौडी खेल्नेक्रममा सुरुमा गौरव डुबेपछि साथमा रहेका अन्यले निकाल्ने प्रयास गर्दा अमिर पनि डुबेका थिए । करिब १० जना बालक पौडी खेल्न त्यहाँ गएको प्रहरीले जनाएको छ । बेहोस अवस्थामा उद्धार गरिएका गौरवको सुरुमा हिलेस्थित विजय हस्पीटलमा उपचारका लागि लगिएको थियो । थप उपचारका लागि जिल्ला अस्पताल पुर्याएपछि उनको मृत्यु भएको हो ।


खोलामा डुबेर बेपत्ता भएका अमिर मृत अवस्थामा मंगलबार फेला परेको जिल्ला प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले बताए । घटनास्थलमा मारेककटहरे प्रहरी चौकीबाट खटिएको प्रहरीले उद्धार गरेका थिए । दुवैको शव जिल्ला अस्पतालमा पोस्टमार्टम गरी परिवारलाई जिम्मा लगाइएको छ ।


प्रकाशित : जेष्ठ ७, २०७६ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?