कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अतिक्रमित क्षेत्र खाली गरिँदै

सुम्निमा चाम्लिङ

इटहरी — इटहरीस्थित नेपाल डीभीएम स्कुलमा इटहरी उपमहानगरले डोजर प्रयोग गरी अतिक्रमण गरिएको क्षेत्र खाली गर्न थालेको छ । विद्यालय व्यवस्थापन पक्षसँग सहमति जुट्न नसकेपछि उपमहानगरले बुधबार डोजर प्रयोग गरेको हो ।

पहिलो दिन विद्यालय परिषरको कम्पाउन्ड पर्खाल भत्काइएको छ । बिहीबार थप निरन्तरता दिइने मेयर द्वारिकलाल चौधरीले बताए । उक्त स्कुल सार्वजनिक जग्गामा रहेकाले उपमहानगरले जग्गा खाली गरिदिन पटकपटक आग्रह गरेको थियो ।


उपमहानगरले गत आइतबार साँझ पत्रकार सम्मेलन गरी विद्यालयले ओगटेको जग्गा लिजमा लिनुपर्ने, सट्टा पट्टाका लागि तयार हुनुपर्ने, बनेको संरचनाको मूल्य लिनुपर्ने अथवा कानुन बमोजिम अघि बढ्ने गरी यसअघि चारवटा विकल्प दिएको थियो । विकल्प दिँदै सहमतिमा आउन उनले आग्रह गरेका थिए ।


विद्यालय सञ्चालकहरूले सोमबार थप २ दिनको समय माग गरेका थिए । दुई दिनमा समेत विद्यालय सञ्चालक सहमतिमा नआएपछि नगरले डोजर चलाएको हो । उपमहानगरले उक्त जग्गामा जनता पार्क बनाउने निर्णय गरेर गत मंसिर २० गते शिलान्यास समेत गरिसकेको छ ।


विद्यालय सञ्चालक ध्रुव सुब्बाले सहमतिका लागी प्रयास गरे पनि वार्ता सफल नभएको बताए । यता मेयर चौधरीले भने निर्णयलाई विद्यालयले अटेर गरेको कारण डोजर चलाउनु परेको बताएका छन् । इटहरी ९ बुढिखोला किनारमा रहेको डीभीएम स्कुलको नाममा ६ कठ्ठा ५ धुर मात्र रहेको छ । तर विद्यालयले करिब ३ बिघा ३ कठ्ठा ३ धुर सार्वजनिक जग्गा प्रयोग गर्दै आएको बुझिएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?