कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

डेंगु संक्रमितको संख्या १२ पुग्यो

प्रदीप मेन्याङ्बो

सुनसरी — धरानमा डेंगु संक्रमणबाट १२ जना प्रत्यक्ष प्रभावित भएका छन् । सातायता स्थानीयमा संक्रमण देखिपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्कुल अफ पब्लिक हेल्थ तथा कम्युनिटी हेल्थ मेडिसिन विभागले अध्ययन अनुसन्धान गर्ने भएको छ ।

डेंगु संक्रमितको संख्या १२ पुग्यो

डेंगुको जोखिममा धरान परिसकेकाले नियन्त्रण गर्न थप अनुसन्धान नै गर्नुपर्ने चिकित्सकहरूले बताए । एक साताभित्र तीन बालबालिकासहित १२ जनामा डेंगु देखिएपछि चिकित्सकको टोलीले अध्ययनको विषय बनाउने भएको हो ।


विभागका प्रमुख प्राध्यापक डा. अनुप घिमिरेले भने, ‘प्रि मौसम सुरु भएसँगै धरान जस्तो ठाउँमा डेंगु देखिएपछि हामी आश्चर्यचकित भएका छौं । यसले प्रकोपको रूप लिइसकेको छ । धरानका किन डेंगुको प्रकोप देखियो भनेर अनुसन्धान गर्नु जरुरी भयो ।’ उनले धरान उपमहानरपालिकाको स्वास्थ्य शाखा र स्थानीय समुदायसँग समन्वय गरेर डेंगु नियन्त्रणका लागि सकेसम्मका उपाय अपनाउने बताए ।


धरानका १५ वडाका विभिन्न टोलमा र १३ वडाका दुइटा क्षेत्रमा डेंगु देखिएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवले बताए । उनले भने, ‘धरानमा किन यति धेरै प्रकोप बढ्यो भनेर हामी पनि अचम्ममा परेका छौं, जबकी धरानको भूगोल भिरालो भएकाले पानी जम्दैन ।’ गत कात्तिकमा ८ जनामा डेंगु भाइसर भेटिएपछि उपमहानगरपालिकाले औषधि छर्केको थियो ।


‘त्यसको सात महिनापछि डेंगु प्रकोपकै रूपमा देखियो,’ उपमहानरले प्रतिष्ठानका चिकित्सकसँग नियन्त्रणको बारेमा छलफल चलाइरहेको यादवले बताए । डेंगु सार्ने लामखुट्टे नियन्त्रणका लागि केमिकल ट्रिटमेन्ट, वातावरण सरसफाइ र बायोलोजिकल ट्रिटमेन्ट अपनाइने गरिएको छ ।


केमिकल ट्रिटमेन्टमार्फत लाम्खुट्टे बस्ने स्थान, त्यसका अण्डा र लार्भा रहने ठाउँ पहिचान गर्दा ती क्षेत्रमा तत्कालै औषधि छर्किने गरिन्छ । वातावरणीय सरसफाइमा खाल्टा खुल्टी पुर्ने र टायर सुख्खा राख्ने गरिन्छ । बायोलोजिकलमा निरन्तर पानी जम्ने स्थानमा लाम्खुट्टेको अण्डा खाने माछा हालिन्छ ।


यादवले भने, ‘तर यो तेस्रो उपाय भने धरानमा सम्भव छैन । अब अघिल्ला दुई उपाय तत्काल अपनाएर अन्डा र लार्भा नष्ट गरेर डेंगु नियन्त्रण नगरी नहुने भएको छ ।’


डेंगु सार्ने एजिप्टाए एडिस मच्छरलाई चिकित्सकहरूले ‘ब्लाक टाइगर’ नाम दिएका छन् । डेंगुको प्रकोप फैलिएपछि उपमहानगरपालिकाले प्रतिष्ठानको प्राविधिक सहयोगमा डिजल मिसाएर तत्कालका लागि डेंगु सार्ने लामखुट्टे भगाउन रासायनिक पदार्थ अल्फा साइफर मेफ्रिन धुवाँ बनाएर तीन पटक छर्किसकेको छ ।


तर डेंगुका बिरामी एकपछि अर्को देखिएकाले सुक्ष्मरूपमै अनुसन्धान गर्नु पर्नेमा उपमहानगरपालिकाले पनि जोड दिएको कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन् ।


डेंगुको खोप वा औषधि नेपालमा हालसम्म उपलब्ध छैन । चिकित्सकहरूका अनुसार एजिप्टाई एडिस जातको पोथी लाम्खुट्टेले मानिसलाई दिनमा पच्छ्याई–पच्छ्याई टोक्छ । डेंगुको संक्रमण भएपछि एक्कासि उच्च ज्वरो आउने, पेट दुख्ने, उल्टी आउने, हड्डी कटटी दुख्ने, रक्तश्राव हुने लगायत लक्षण देखिन्छन् ।

प्रकाशित : जेष्ठ १०, २०७६ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?