कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

पाँचथर हत्या काण्डको छानबिनमा सम्पूर्ण शक्ति लगाएका छाैं : मन्त्री आङ्बो

अर्जुन राजवंशी

दमक — प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोले पाँचथर हत्या काण्डको सत्यतथ्य चाँडै सार्वजनिक गर्ने बताएका छन् । उनले घटनाको सत्यतथ्य छानबिनका लागि संघीय तथा प्रदेश सरकारले सम्पूर्ण शक्ति प्रयोग गरेको बताए । 

पाँचथर हत्या काण्डको छानबिनमा सम्पूर्ण शक्ति लगाएका छाैं : मन्त्री आङ्बो

हत्या घटनाका क्रममा भागेर ज्यान जोगाएकी बालिका सीता खजुमको स्वास्थ्य अवस्था बुझेपछि शुक्रबार बिहान मन्त्री आङ्बोले कुनै कसर बाँकी नराखि घटनाको छानबिन गर्ने त्रम चलिरहेको बताए । उनले आशंकाको भरमा धेरै कुरा बोल्नुभन्दा छानबिनमा प्रहरीलाई सघाउन आग्रह गरेका छन् । ‘हामीले अहिले अनुमानको भरमा बोल्नुभन्दा प्रहरीलाई छानबिनमा सघायौं भने सत्यतथ्य सार्वजनिक गर्न सजिलो हुन्छ’ उनले भने ।

आङ्बोले मृतक धनराज सेर्माको घरमा भएको सीसा काण्डको पनि अनुसन्धान भइरहेकाले सीसा काण्ड र ९ जनाको हत्या काण्डबारे सबै सत्यतथ्य सार्वजनिक हुनेमा आफू विश्वस्त रहेको बताए ।

दमकस्थित लाइफलाइन अस्पतालमा उपचाररत सीताको स्वास्थ्य अवस्था बुझ्न नेकपाका नेता योगेश भट्टराई र मन्त्री आङ्बो आएका थिए । उनीहरुले उपचारमा संलग्न अस्पतालका मेडिकल डाइरेक्टर डा.मुक्ति भट्टराईसँग बालिकाको अवस्थाबारे जानकारी लिएका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?