१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

जडिबुटी प्रशोधन केन्द्रमा आगलागी, ४ करोड बराबरको क्षति 

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुर रौतामाई गाउँपालिका—६ मुर्कुची बजारस्थित एक जडिबुटी प्रशोधन केन्द्रमा आगलागी हुदाँ करिब ४ करोडको क्षति भएको छ । 

जडिबुटी प्रशोधन केन्द्रमा आगलागी, ४ करोड बराबरको क्षति 

बिहीबार राति भरत थापाले सञ्चालन गरेको उद्योगमा भएको आगालीमा प्रशोधनका लागि राखिएको तेजपात लगायतका जडिबुटी जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।


प्रशोधन केन्द्रमा आगलागी हुदाँ करि ४ करोडको क्षति भएको प्रहरी उपरिक्षक चन्ददेव राइले बताए ।


भण्डार गरिएको जडिबुटीसहित घर जलेको र आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । प्रशोधन केन्द्रमा विद्युत जडान गरिएको छैन । त्यसैले आगलागी शंकास्पद रहेको स्थानीयले बताए ।


स्थानीय, प्रहरी र त्रियुगा नगरपालिको वारुण यन्त्रले आगो नियन्त्रणमा लिएको थियो ।

प्रकाशित : जेष्ठ १०, २०७६ ११:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?