१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

चन्द समूहको बन्दले भोजपुर प्रभावित 

एलिसा श्रेष्ठ

भोजपुर — नेक्रवित्रम चन्द समूहले शुक्रबार भोजपुर बन्दको आव्हान गरेपछि जनजीवन प्रभाभित भएको छ । प्रहरीसँगको गोली हानाहान पछि घाइते भएका चन्द समूहका कार्यकर्ताको मृत्यु भएको विरोधमा शुक्रबार भोजपुर बन्द गरेको हो । 

बन्दका कारण यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । सदरमुकामका शैक्षिक संस्था र पसल समेत बन्द छन् ।


सञ्चालनमा रहेका सवारीसाधनलाई सुरक्षा प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशव थेवेले बताए । अचानक बन्द गरिएका कारण सर्वसाधारण अलमलमा परेका थिए । बिहान यातायात सञ्चालन नभएपछि मात्र बन्द भएको जानकारीमा आएको थियो ।


गत मंगलबार दिउँसो भोजपुर र खोटाङ्गको सिमानामा पर्ने टेम्केमैयुङ गाउँपालिका–१ स्थित भिडन्त भएको थियो । प्रहरीको गोली प्रहारबाट षडानन्द नगरपालिका–२ कुदाककाउलेका चन्द समूहका कार्यकर्ता तीर्थराज घिमिरे गम्भीर घाइते भएका थिए ।


खुट्टामा गोली लागेका उनलाई थप उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । चन्द समूहले भने उनलाई नियन्त्रणमा लिएर हत्या गरिएको दाबी गरेको छ ।

प्रकाशित : जेष्ठ १०, २०७६ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?